Nepal Purbadhar

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

न्यू बुटवल-गोरखपुर प्रसारण लाइनको प्रवर्द्धक कम्पनीमा लगानी गर्न प्राधिकरणलाई बल्ल स्वीकृति


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नेपाल र भारतबीच विद्युत व्यापार गर्न प्रस्तावित न्यू बुटवल-गोरखपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइनको प्रवर्द्धक कम्पनीमा वैदेशिक लगानी गर्न स्वीकृति पाएको छ । भारत सरकारले अन्तरदेशीय प्रसारण लाइन अन्तर्गत भारततर्फको खण्ड निर्माण गर्न स्थापना हुने ‘बुटवल गोरखपुर क्रस बोर्डर ट्रान्समिसन कम्पनी’मा वैदेशिक लगानी गर्न प्राधिकरणले भारत सरकारबाट ढिलो गरी स्वीकृति पाएको हो ।

स्वीकृतिसँगै संयुक्त कम्पनीमा ५० प्रतिशत स्वपुँजी (इक्विटी) हुन आउने ४६ करोड भारतीय रुपैयाँ (७३ करोड ६० लाख रुपैयाँ) रकम भारतमा स्थापना हुने संयुक्त कम्पनीमा वैदेशिक लगानी गर्न प्राधिकरणले लगानी गर्नेछ । कम्पनीमा पावर ग्रिडको पनि प्राधिकरण बराबर नै लगानी रहने छ ।

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन अन्तर्गत भारततर्फ पर्ने लाइन निर्माण गर्न विद्युत प्राधिकरण र भारत सरकारको स्वामित्वको पावर ग्रिड कर्पोरेशन अफ इन्डिया लिमिटेडको ५०/५० प्रतिशत सेयर स्वामित्व (इक्विटी) रहने गरी संयुक्त कम्पनी स्थापना हुनेछ ।

नेपालतर्फको प्रसारण लाइन भने प्राधिकरण आफैंले गर्नेछ । नवलपरासीको सुनवल नगरपालिका–१३ स्थिति न्यू बुटवल सबस्टेसनबाट सुरु भई भारतको गोरखपुर सबस्टेसनसम्म पुग्ने ४ सय केभी डबल सर्किट प्रसारण लाइनको लम्बाई करिब १ सय २० किलोमिटर छ । त्यसमध्ये नेपालतर्फ करिब २० किलोमिटर र बाँकी भारततर्फ पर्दछ ।

प्राधिकरणले वैदेशिक लगानीको स्वीकृति पाएसँगै आयोजना निर्माणका लागि प्राधिकरण र पावर ग्रिडको लगानीमा भारतमा संयुक्त कम्पनी संस्थापनाको बाटो खुलेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘कम्पनी संस्थापनाका लागि प्रबन्धपत्र र नियमावली तयारी अवस्थामा छन्’, उनले भने, ‘प्राधिकरणले भारतबाट वैदेशिक लगानीको स्वीकृति पाएसँगै अब कम्पनी संस्थापनाको प्रक्रिया अगाडि बढ्छ ।’

नेपाल–भारत ऊर्जा सचिव तथा सह-सचिवहरूको संयन्त्रको २०७६ असोज २७ र २८ मा भएको सातौं बैठकले प्रसारण लाइन निर्माणका लागि लगानी स्वरुपको टुंगो लगाएको थियो । अनुमानित लागत करिब ४ अर्ब ६२ करोड भारु ( ७ अर्ब ३९ करोड रुपैयाँ) रहेको आयोजनाको वित्तीय व्यवस्थापन ८० प्रतिशत ऋण र २० प्रतिशत इक्विटीबाट जुटाइने टुंगो लागेको छ ।

भारतको सहमतिसँगै अब कम्पनी स्थापनाका लागि प्रबन्धपत्र, नियमावली निर्माणको काम अघि बढ्नेछ । २७ र २८ असोजमा भएको ऊर्जा व्यापार सम्झौता (पीटीए) अन्तर्गत गठित सचिवस्तरीय कार्यकारिणी समिति (जेएससी) को बैठकले लगानीको ढाँचामा सहमति गरेर ६ महिनाभित्र संयुक्त कम्पनी स्थापना गर्ने भने पनि बल्ल यसले मुर्त रुप लिनेछ ।

प्राधिकरणका अनुसार, प्रबन्धपत्र तथा नियमावली तयार भएर कम्पनी स्थापनापछि सो संयुक्त कम्पनी र प्राधिकरणबीच इप्लिेमेन्टेसन ट्रान्समिसन सर्भिस एग्रिमेन्ट (आईटीएसए) हुनेछ । दुई बर्ष अघिनै संयुक्त कम्पनीको स्थापना भएर अघि बढ्नुपर्ने सो अन्तरदेशीय प्रसारण लाइनको निर्माणको लागि ऋण व्यवस्थापनका लागि करिब ६ महिना लाग्ने तथा निर्माणका लागि त्यसपछिको साढे तीन बर्ष लाग्ने अनुमान गरिएको छ । तर कार्यकारी निर्देशक घिसिङले अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि ठेकेदार छनोटका लागि टेण्डर डकुमेण्ट बनाउने काम भइरहेको जानकारी दिए । उनले यो अन्तरदेशीय प्रसारण लाइन निर्माण थालेको ३ वर्षभित्र सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाएको जानकारी दिए । प्राधिकरण र पावर ग्रिड कम्पनीबीच २०७८ भदौमा कम्पनी स्थापनाका लागि संयुक्त लगानी तथा लगानीकर्ता सम्झौतामा हस्ताक्षर भएको थियो ।

२०७८ साउन १९ गतेको मन्त्रिपरिषद बैठकले यो अन्तरदेशीय प्रसारण लाइनको भारततर्फको खण्ड निर्माणका लागि स्थापना गरिने कम्पनीमा ५० प्रतिशत सेयर लगानी गर्न प्राधिकरणलाई स्वीकृति दिएको थियो । नेपालतर्फको खण्ड नेपाल आफैंले र भारतर्फको प्राधिकरण र पावर ग्रिडको ५०/५० प्रतिशत सेयर स्वामित्वमा स्थापना हुने कम्पनीले निर्माण गर्नेछन् ।

करिब २ हजार मेगावाट विद्युत प्रवाह गर्न यो अन्तरदेशीय प्रसारण लाइनको संरचना निर्माण गर्न लागिएको हो । यो ४ सय केभी ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनपछिको दोस्रो अन्तरदेशीय प्रसारण लाइन हुनेछ । यो अन्तरदेशीय प्रसारण लाइनबाट ढल्केबर–मुजफ्फरपुर भन्दा झण्डै डबल क्षमतामा विद्युत प्रवाह गर्न सकिने प्राधिकरणले जनाएको छ ।


Read Previous

सार्वजनिक निकायअन्तर्गत कुन कुन निकाय/संस्थाहरु पर्छन ?

Read Next

लुम्बिनीमा हुने विशेष समारोहमा दुवै देशका प्रधानमन्त्री सहभागी हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *