
काठमाडौं। मुक्तिनाथ विकास बैंकले बाढीपीडितको राहत तथा उद्धारका लागि सरकारलाई ५० लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी सहयोग गरेको हो।
बैंकका पदाधिकारीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन्।
बैंकले विपद्का बेला प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको जनाएको छ।
