
काठमाडौं । जगदुल्ला जलविद्युत आयोजनाले बाटो पूर्याएपछि स्थानीय खुसी भएका छन् ।
१०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनाले गाउँमा पहिलोपल्ट बाटो पुर्याएपछि स्थानीय खुसी भएका हुन् । आयोजनाको पहुँचमार्ग अन्तर्गत
त्रिवेणी देखि ईल (विद्युत गृह स्थल) सम्मको १० किलोमिटर बिष्फोटक पदार्थ प्रयोग गरि ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ । भने सो पहुँचमार्ग भित्र पर्ने बेली ब्रिज समेतको निर्माण कार्य समेत अन्तिम चरणमा पुगेको छ । मुड्केचुला गाउपलिकाको लाइफलाइनको रुपमा रहेको यो सडक सुचारु हुँदा त्यहाका स्थानीयले पैदल यात्रा गर्नु पर्ने बाध्यता अन्त्य भएको छ । इलमा पहिलोपटक सडक पुगेको हो ।
आयोजनाको विद्युत गृह स्थल मुड्केचुला गाउँपालिका वडा- ४ अध्यक्ष कृति बुढा विशेष गरी बिरामी हुँदा घन्टौसम्म बिरामीलाई बोकेर लैजानुपर्दा समयमै उपचार नपाउने बाध्यताको कारणले धेरैको ज्यान गएको भन्दै अब जगदुल्लाले बाटो बनाएकाले उक्त समस्याबाछ मुक्ति पाउँदा स्थानीय अत्यन्त खुसि भएको बताए । ‘अब खाद्यान्न सस्तो हुन्छ, हामीले उत्पादन गर्ने खाद्यान्नले बजार पाउँछ, जडिबुटी लगायतको बेचबिखन हुँदा आय आर्जनको कार्य समेत हुने देखिन्छ,’ उनले भने ।

आयोजना तथा स्थानीय पालिकाहरुको सहजीकरण पश्चात नै कर्णाली प्रदेश अन्तर्गत रहेको भौतिक पूर्वाधार कार्यालय डोल्पाले यस सडक खण्डमा करिब ४० करोड रकममा ठेक्का लगाएको थियो । मुड्केचुला गाउपालिकाका अध्यक्ष दत्त बहादुर शाहीका अनुसार
ठुला आयोजना जाँदा गाउमा विकास पनि आउँछ ।

निर्माणाधीन आयोजनाको समयमै निर्माण सम्पन्न हुनु पर्छ भनेर स्थानीय बासिन्दाले एक चोटी केहि नभनी जग्गा तथा घर गोठ अधिग्रहणको लागि दिएको छन । त्यहाँ रहेका राजनैतिक दल, स्थानीय पालिका, सरोकारवाला तथा जिल्ला स्थित सरकारी कार्यालय समेतले आयोजना समयमै सम्पन्न गर्न कुनै पनि सर-सहयोग तथा समन्वयमा कन्जुस्याइ गरेका छैनन् । सबैको चाहाना पिछडिएको कर्णाली अर्थात् डोल्पा जिल्लामा यो आयोजना कुनै पनि हालतमा समयमै शुरु गरि समयमै सम्पन्न हुनु पर्ने रहेको छ ।
जनताको जलविद्युत कार्यक्रम अन्तर्गत विदयुत उत्पादन कम्पनी, एचआईडीसीएल, नेपाल विद्युत प्राधिकरण र पहिलो पटक प्रदेश सरकार र स्थानीयपालिकाको समेत स्व -पुँजी लगानी रहने गरि गठन भएको जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले डोल्पा १०६ मेगावाटको आयोजना निर्माण गर्न लागेको हो ।
आयोजना निर्माणमा जाने तयारीमा छ । आयोजनामा बन्दा स्थानीयले रोजगारीको अवसर पाउँछन् । दैनिक हजार संख्यामा मानिसरुले आयोजनामा काम गर्छन् । त्यहाँका उत्पादनले बजार पाउँदा स्थानीयको आम्दानीको स्रोत बन्छ । कर्णालीको विकासका लागि यो आयोजनाको भुमिका महत्वपूर्ण छ ।

आयोजना निर्माणका लागि निकालिएको ठेक्का जियाङक्षी कन्स्ट्रक्सन इन्जियनिरियङ (ग्रुप) कर्पोरेशन लिमिटेड र एनके कन्स्ट्रक्सन कम्पनी प्रालिको जेसीई/अनकजे जेभीले पाउने भएको छ ।
प्राविधिक प्रस्तावमा पास भएका दुई कम्पनीको वित्तिय प्रस्ताव खोल्दा जेसीई/अनकजे जेभीले कम कबोल गरेसँगै उसैले पाउने भएको हो ।
आवेदन दिएका ४ मध्ये २ कम्पनी प्राविधिक प्रस्तावमा पास भएका थिए ।
जियाङक्षी कन्स्ट्रक्सन इन्जियनिरियङ (ग्रुप) कर्पोरेशन लिमिटेड र एनएनके कन्स्ट्रक्सन कम्पनी प्रालिको जेभी र सिनो हाइड्रो कर्पोरेशन लिमिटेड प्राविधिक प्रस्तावमा पास भएका थिए ।

कम्पनीका स्रोतका अनुसार सिनो हाइड्रोले १५ अर्ब ७ करोड र जेसीई/अनकले १३ अर्ब ७३ करोड भ्याटसहित कबोल गरेका थिए ।
कम्पनीले कम कबोल गर्ने कम्पनीले ठेक्का पाएको सूचना जारी गर्छ । त्यसपछि ठेक्का सम्झौता अघि बढ्छ ।
ठेक्का पाएपछि निर्माणको जिम्मा पाउने कम्पनीले काम सुरु गर्नेछ । यो सिभिल संरचना र हाइड्रोमेकानिकल तर्फको ठेक्का हो ।
गत जेठ २० गते जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले सिभिल र हाइड्रोमेकानिकल तर्फको ठेक्का निकालेको थियो । उक्त ठेक्कामा आवेदन दिएका सबै कम्पनीले प्राविधिक प्रस्तावमा पास हुन नसकेपछि ठेक्का रद्ध गर्नु परेको हो । कम्पनीका अनुसार ७ कम्पनीले आवेदन दिएका थिए । मूल्यांकन गर्ने क्रममा सबै कम्पनी फेल भएपछि ठेक्का रद्ध गरिएको हो ।

यो आयोजनाको जेठ पहिलो साता फाइनान्सियल क्लोजर भएको थियो । नविल बैंकको नेतृत्वमा फाइनान्सियल क्लोजर हुन लागेको हो । फाइनान्सियल क्लोजरका लागि बनेको सहवित्तीयकरण (कन्सोर्टियम फर्म) को नेतृत्व नविल बैंकले गर्दै ४ अर्ब ४० करोड रुपैयाँ लगानी गरेको छ । सहवित्तीयकरणमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल), कर्मचारी सञ्चयकोष, लक्ष्मी सनराइज र एभरेष्ट बैंक रहेका छन् ।
एचआईडीसीएलले ४ अर्ब रुपैयाँ लगानी गर्नेछ भने कर्मचारी सञ्चयकोषले ४ अर्ब, लक्ष्मी सनराइज बैंकले २ अर्ब र एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्नेछन् । यो आयोजना निर्माणका लागि २३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये करिब १६ अर्ब रुपैयाँ ऋण र ७ अर्ब रुपैयाँ इक्विटी (सेयर)बाट जुटाउन लागिएको हो ।
यो आयोजनाबाट निर्माण थालेको ५ वर्षमा उत्पादन गर्ने लक्ष्य छ । डोल्पामा बन्ने यो आयोजना कर्णालीको विकासका लागि समेत महत्वपूर्ण रहेको छ । कम्पनीले १२० मेगावाट जगदुल्ला ‘ए’ जलविद्युत् आयोजना समेत निर्माण गर्न लागेको छ । जुन जगदुल्ला जलविद्युत् आयोजनाको क्यासकेड हुनेछ । यो आयोजनाको पनि कम्पनीले अध्ययन गरिरहेको छ । यी दुई आयोजना कर्णालीमा बन्ने भएकाले त्यहाको विकासका लागि महत्वपूर्ण छन् ।