Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
 ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग

इभी र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, पहिलाे दिन ३ प्राविधिक सत्र हुँदै


काठमाडौं। चाैंथाे संस्करणकाे हिमालयन हाइड्राे एक्स्पाे २०२४ सुरु भएकाे छ । बुधबार बिहान विद्युतीय सवारी (इभी) र्‍याली सम्पन्न भएसँगै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) ले आयोजनामा गरेकाे  एक्स्पाेकाे शुभारम्भ भएकाे हाे ।

एक्स्पाेका अवसरमा प्रट्राेलियम आयात प्रतिस्थापन गर्न विद्युत खपत बढाउन विद्युतीय गाडी प्रवर्द्धन गर्ने उद्देश्यले बिहान ६.३० देखि ८ बजेसम्म इभी र्‍याली गरिएकाे छ । र्‍यालीको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरे ।

उद्घाटन सत्रलाई सम्बाेधन गर्दै ऊर्जा मन्त्री बस्नेतले इपानले हिमालयन हाइड्रो एक्स्पोले लगानी सम्मेलनलाई पनि अझै सार्थक बनाउने विश्वास व्यक्त गरे ।

‘हाइड्रो एक्स्पोका अवसरमा गरिएकाे इभी र्‍यालीले स्वदेशी बिजुली खपत बढाउन तथा विद्युतीय सवारी प्रर्वद्धनमा सहयोग पुग्ने विश्वास लिएकाे छु’ उनले भने । हाइड्रो एक्स्पो नेपालको जलविद्युत क्षेत्रमा लगानीको वातावरण बनाउन सहयोगी सावित हुने पनि उनले बताए ।

यस्तै,इपान अध्यक्ष गणेश कार्कीले नेपालकाे विद्युत देशभित्रै खपत गर्न प्राेत्साहन गर्ने उद्देश्यले इभी र्‍याली आयोजना गरिएकाे बताए । सरकारले सन् २०३५ सम्ममा विद्युत खपत १३ हजार मेगावाट पुर्याउने लक्ष्य लिएकाले विद्युतीय सवारीकाे उपयाेग बढाएमा याे लक्ष्य पूरा गर्न सहयाेग पुग्ने बताए ।

‘सरकारले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन र १३ हजार मेगावाट स्वदेशमा खपत गर्ने लक्ष्य लिएको छ । यसलाई सार्थक बनाउन पनि इभी र्‍यालीले सहयोग गर्छ ।’ उनले भने ।

एक्स्पो व्यवस्थापक इभेन्ट सोलुसनका प्रबन्धक बिजयसागर प्रधानले विद्युतीय सवारी स्वदेशी बिजुली खपतका साथै वातावरण मैत्री रहेका कारण नेपालको लागि उपयुक्त रहेको बताए ।

हाइड्रो एक्स्पोको सुरुवात अघि भएको र्‍याली कमलादीको स्काई वाक टावरबाट सुरु भइ सिंहदरबार, बानेश्वर, सातदोबाटो, एकान्तकुना, पुल्चोक, त्रिपुरेश्वर, नारायणहिटी, हुँदै भृकुटी मण्डपमा गएर समापन भएको थियो । र्‍यालीले २६ किलाेमिटरकाे यात्रा तय गरेकाे थियाे ।

र्‍यालीमा ३ सयभन्दा बढी विद्युतीय सवारी सहभागी थिए । एक्स्पोमा पहिलो दिन ३ वटा प्राविधिक सत्रहरु आयोजना गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले भोलि बिहीबार एक्स्पोको उद्घाटन गर्नेछन् । एक्स्पाे बैशाख १४ गतेसम्म चल्नेछ । एक्स्पाेमा १ सय भन्दा बढी स्टलहरू प्रदर्शनीमा राखिएकाे छ । एक्स्पाेकाे ५० हजार बढीले अवलाेकन गर्ने लक्ष्य छ ।


Read Previous

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत   

Read Next

ट्रयाक खुलेकाे ३ दशकपछि मानपुर-बुलिङटार सडकखण्डमा कालोपत्र गरिँदै   

Leave a Reply

Your email address will not be published.