Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
लगानी प्रवर्द्धन गर्न अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिँदै सकियाे तेस्राे लगानी सम्मेलन लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार    चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी    सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण    पीपीपी माेडालिटी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग

‘हिमालयन हाइड्रो एक्स्पो सफल बनाउन मन्त्रालयले पूर्ण सहयोग गर्नेछ’


काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले आगामी बैशाख १२ देखि १४ गतेसम्म चौंथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ आयोजना गर्दैछ । इपानले एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिसँगको सहकार्यमा आयोजना गर्न लागेको हाइड्रो एक्स्पोको पूर्व तयारीको काम गरिरहेको छ । ऊर्जा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको हिमालयन हाइड्रो एक्स्पो सफल बनाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको पनि अभिभावकिय भूमिका रहने गर्दछ । ऊर्जा क्षेत्रसँग सम्बन्धित सबै सरोकारवालाहरूलाई एउटै स्थानमा जमघट गराएर सम्पर्क स्थापित गराउन आयोजना हुन लागेको हाइड्रो एक्स्पोको सफलताका लागि मन्त्रालयले कसरी सहजीकरण गरिरहेको छ त भन्ने सम्बन्धमा सचिव सुशीलचन्द्र तिवारीसँग नेपाल पूर्वाधार डटकमले गरेको कुराकानीको संक्षिप्त सारः

इपानले चौंथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो आयोजना गर्दैछ । एक्स्पो सफल बनाउन मन्त्रालयले कसरी सहयोग गरिरहेको छ ?

निजी क्षेत्रले जलविद्युत उत्पादनमा प्रवेश पाएसँगै देशको ऊर्जा क्षेत्रको विकासमा सरकार सँगसँगै मिलेर सक्रिय ढंगले काम गरिरहेको छ । विद्युत उत्पादनको कुरा गर्नुपर्दा निजी क्षेत्रले सरकारलाई उछिनिसकेको अवस्था छ । जलविद्युत उत्पादनमा सक्रियता बढ्दै जाँदा निजी क्षेत्र पनि आफ्नो लगानी क्षमतालाई बढाउँदै लगेको छ ।

अहिले राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध विद्युतको ६० प्रतिशत बढी निजी क्षेत्रले नै योगदान गरिरहेको छ भने सरकारको स्वामित्वको नेपाल विद्युत प्राधिकरण अन्तर्गत सञ्चालित विद्युत आयोजनाको योगदान ४० प्रतिशत मात्रै छ । यसकारण पनि नेपालको ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ । सरकारले सन् २०३५ सम्ममा साढे २८ हजार मेगावाट विद्युत उत्पादनको ‘रोडम्याप’ बनाउँदै गर्दा इपानले ऊर्जा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले चौंथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो आयोजना गर्न लागेको भन्ने जानकारी आएको छ । यो हाइड्रो एक्स्पोले मुख्य गरी ऊर्जा क्षेत्रको विकासमा लगानी बढाउन नै टेवा पुग्ने भएको हुँदा मन्त्रालयले अभिभावकको रूपमा इपानसँग सहजिकरण गरेर सहयोग पुर्याउनेछ ।

तेस्रो लगानी सम्मेलन अगाडि हाइड्रो एक्स्पो आयोजना हुन लागेकाले यसले सम्मेलनमा पनि बल पुग्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?

नेपालको ऊर्जा क्षेत्रको विकासका लागि लगानी प्रवर्द्धन नै अहिलेको प्रमुख आवश्यकता हो । सरकारले पनि ऊर्जाका ठूला आयोजनामा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले बैशाख १६ र १७ गते काठमाडौंमा तेस्रो लगानी सम्मेलन आयोजना गर्दैछ । तेस्रो लगानी सम्मेलन इपानले आयोजना गर्ने हिमालयन हाइड्रो एक्स्पो लगत्तै हुन लागेकाले यसले लगानी सम्मेलनलाई समेत सफल बनाउन बल पुग्ने विश्वास मन्त्रालयले लिएको छ ।

हाइड्रो एक्स्पोमा मन्त्रालयकोतर्फबाट कस्तो सहभागिता रहनेछ ?

हाइड्रो एक्स्पो सुरु हुन अझै एक साताको समय बाँकी रहेकाले अहिलेसम्म मन्त्रालयमा औपचारिकरूपमा निमन्त्रणा प्राप्त भइसकेको छैन । औपचारिक निमन्त्रणा अनुसार नै मन्त्रालयकोतर्फबाट हाइड्रो एक्स्पोमा सहभागिता रहनेछ । विशेष गरी हाइड्रो एक्स्पोको औपचारिक उद्घाटनको दिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, म सहितका मन्त्रालयका अन्य पदाधिकारीको पनि सहभागिता रहने नै छ ।

मन्त्रालयकोतर्फबाट एक्स्पोमा प्रदर्शनका लागि राखिएका स्टलहरूको पनि भ्रमण हुनेछ । हामीले पनि विभिन्न प्राविधिक सत्रमा सहभागी भएर मन्त्रालयको काम कारबाही तथा योजनाबारे आफ्ना कुराहरू राख्नेछौँ । साथै, मन्त्रालयले हाइड्रो एक्स्पो सफल बनाउन आवश्यक भूमिका निर्वाह गर्नेछ ।

हाइड्रो एक्स्पोले ऊर्जा क्षेत्रको प्रवद्र्धनमा कस्तो सहयोग पुग्ने देख्नुहुन्छ ?

इपानले हरेक २ वर्षमा हाइड्रो एक्स्पो आयोजना गरेर ऊर्जा क्षेत्रमा सक्रिय भएर काम गर्ने सबैलाई एउटै स्थानमा जमघट भई सम्पर्क स्थापित गर्ने अवसर प्रदान गर्दै आएको छ । यस प्रकारको एक्स्पोले जलविद्युत उत्पादक,परामर्शदाता, ऋण लगानी गर्ने बैंक तथा वित्तीय संस्था, प्रसारण तथा वितरणको क्षेत्रमा काम गर्ने निकाय, निर्माण कम्पनीहरू, हाइड्रो एवं इलेक्ट्रोमेकानिकल उपकरण उत्पादन तथा जडानकर्ता, हेब्बी निर्माण उपकरण उत्पादकलगायत सबै एकै स्थानमा भेला हुन अवसर प्रदान गर्दछ ।

एक्स्पोमा हुने जमघट तथा भेटघाटबाट नै जलविद्युत प्रवर्द्धकले सम्बन्धित सबैसँग सम्पर्क स्थापित गरेर आफ्ना आयोजनाको काम अगाडि बढाउन सहयोग पुग्छ । साथै, एक्स्पो अवधिमा आयोजना हुने प्राविधिक सत्रबाट पनि ऊर्जा उत्पादनको अवस्था, आवश्यक लगानी जस्ता विषयमा बुझ्ने तथा बुझाउने अवसर प्राप्त हुन्छ । र, देशको ऊर्जा क्षेत्रमा लगानीको दायरा बढाउन सहयोग पुग्नेछ भन्ने लाग्छ ।

इपानले हाइड्रो एक्स्पो आयोजना गर्दा मुख्य गरी कुन पक्षमा ध्यान पुर्याउन आवश्यक देख्नुहुन्छ ?

सरकारको सहजिकरणबाट जलविद्युत उत्पादनमा निजी क्षेत्र धेरै अगाडि बढिसकेको छ । निजी क्षेत्रको सफलता नै सरकारको पनि सफलता हुने हुँदा हिमालयन हाइड्रोक्सको सफल आयोजनाका लागि बढीभन्दा बढी सरोकारवालालाई सहभागी गराउनु पर्ने हुन्छ । इपानले सबै पक्षको उल्लेख्य सहभागिताका लागि गृहकार्य गरिरहेको नै छ भन्ने लाग्छ ।

यो क्षेत्रमा लगानी भित्र्याउनका लागि आन्तरिक लगानी गर्ने बैंक तथा वित्तीय संस्थाहरूदेखि लिएर बाह्य क्षेत्रको लगानी महत्त्वपूर्ण हुन्छ । इपानले हाइड्रो एक्स्पोमा ठूला जलविद्युत आयोजना प्रवद्र्धन हुने प्राविधिक सत्र राखेमा यस्ता आयोजनाका लागि लगानी प्रवद्र्धन हुन्छ भन्ने लाग्छ ।


Read Previous

भद्रपुर-इलाम-सलकपुरमा सडक धमाधम कालोपत्र  

Read Next

सम्झौता तोडिएको ९ महिनापछि लोकमार्गको बिहुँ खण्ड कालाेपत्र गर्न पुनः ठेक्का आह्वान  

Leave a Reply

Your email address will not be published.