Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

तनहुँमा ८ सिँचाइ योजनाकाे निर्माण पूरा   


तनहुँ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँले चालू आर्थिक वर्षमा ८ वटा सिँचाइ योजना सम्पन्न गरेको छ । चालू आवको हालसम्म ५ सिँचाइ र ३ वटा तटबन्धनका योजना सम्पन्न गरेको कार्यालयले जनाएको छ ।

शुक्लागण्डकी–६ स्थित ज्याम्दी खोलामा करिब २३३ मिटर लामो सिँचाइ योजना सम्पन्न भएको छ । उक्त योजनामार्फत १५ हेक्टर क्षेत्रफल सिँचाइ सुविधा पुग्दा ३० घरधुरी लाभान्वित भएका सिँचाइ विकास डिभिजन कार्यालयका इन्जिनियर विनोद केसीले जानकारी दिए । उनका अनुसार गण्डकी प्रदेश सरकारको १२ लाख रुपैयाँ लागतमा याे योजना सम्पन्न भएको हो ।

जिल्लाको घिरिङ गाउँपालिका–३ स्थित फडुवा छबिसेमा २४५ मिटर लामो सिँचाइ कुलो निर्माण पश्चात् ५० घरधुरी लाभान्वित भएका केसीले बताए । बन्दीपुर–१ मा देवीखोलामा खहरे सिँचाइ योजना सम्पन्न गरिएको छ । स्थानीय देवीखोलाबाट एक हजार ८ सय मिटर लामो पाइपलाइनबाट पानी ल्याएर बीस वटा धारा निर्माण गरिएको उनकाे भनाइ छ ।

कार्यालयका इन्जिनियर पुष्पराज श्रेष्ठका अनुसार चालू आवमा दुई ट्याङ्की र साठी वटा धारा निर्माण गर्नुपर्नेमा बजेट अभावका कारण एक ट्याङ्की र २० धारा मात्रै निर्माण गरिएको छ । मगर समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा ८५ घरधुरी लाभान्वित हुने उनले बताए ।

इन्जिनियर श्रेष्ठका अनुसार व्यास–६ स्थित अम्रेनी काफ्ले फाँटमा ३४५ मिटर लामो पक्की कुलो निर्माण गरिएको छ । उक्त स्थानमा यसअघि माटोको कुलो रहेकाले २० लाख रुपैयाँ लागतमा पक्की कुलो निर्माण गरिएको उनधकाे भनाइ छ । म्याग्दे–७ स्थित बिर्ता कुलो सिँचाइ योजना अन्तर्गत १९० मिटर लामो कुलो १० लाख रुपैयाँ लागतमा निर्माण गरिएको भन्दै यसबाट २५ घरधुरी लाभान्वित हुने उनले जानकारी दिए ।

भीमाद–८ क्याङदी खोलामा करिब २५ मिटर लामो तटबन्ध निर्माण गरिएको छ । उक्त तटबन्ध निर्माण पश्चात् बस्ती र खेत संरक्षण भएको स्थानीय बताउँछन् । गण्डकी प्रदेश सरकारको २० लाख रुपैयाँ लागतमा सम्पन्न भएको योजनाबाट करिब दुई सय घरपरिवार लाभान्वित भएका जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख प्रकाश लम्सालले बताए ।

उनका अनुसार भीमाद–२ स्थित मैदीखोला कुडुल्नेमा १० लाख रुपैयाँ लागतमा निर्माण गरिएको तटबन्धबाट ५० घरधुरी लाभान्वित भएका छन् । उक्त तटबन्ध करिब ४० मिटर लामो छ । “व्यास–११ मा एक सय मिटरको पक्की बाँध रु १० लाखमा निर्माण गरिएको छ । उक्त बाँधबाट २० घरधुरी लाभान्वित भएका छन्”, उनले भने ।

निर्माणधीन अवस्थामा रहेका एक सय योजनामध्ये चालु आवमा ६० वटा सम्पन्न गर्ने लक्ष्य राखिएको डिभिजन प्रमुख लम्सालले जानकारी दिए ।


Read Previous

भकुण्डे-मेच्छे-मुक्पाटार-तित्रेटार-माम्ती सडक निर्माण कछुवा गतिमा

Read Next

पर्यटकीय गन्तव्य बन्दै ताप्लेजुङको ‘सिङ्जेमा ताल’   

Leave a Reply

Your email address will not be published.