Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024
 ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग

मेलम्ची आयोजनामा भ्रष्टाचार अभियाेगमा ३ पूर्वसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर   


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिवहरूसहित १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले मेलम्ची खानेपानी आयोजनाको निर्माण कम्पनी सिएमसीलाई काम नै नगरी भुक्तानी गरेको पाइएकाले परामर्शदाता तथा निर्माण कम्पनीमाथि सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरेको पाइएकाले आइतबार मुद्दा दायर गरेकाे हाे ।

आयोगले पूर्वसचिव सञ्जय शर्माविरुद्ध ६ करोड ९७ लाख ८३ हजार एक सय ७८ रुपैयाँ, सहसचिव मुकुन्दप्रसाद पौडेलविरुद्ध पनि समान बिगो दाबी गरेको छ । खानेपानी मन्त्रालयका तत्कालीन सचिव भीमप्रसाद उपाध्याय विरुद्ध ४ करोड ११ लाख ३४ हजार दुई सय ७९ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ ।

खानेपानी मन्त्रालयका तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुरविरुद्ध ६० करोड ४९ लाख १९ हजार ८ सय ८४ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ । मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य रुद्रसिंह तामाङविरुद्ध ११ करोड ९ लाख १७ हजार चार सय ५८ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ ।

आयोगले मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य चन्द्रबहादुर थापाविरुद्ध ७१ करोड ५८ लाख ३७ हजार ६ सय ४३ रुपैयाँ, मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक घनश्याम भट्टराईविरुद्ध २२ करोड ७५ लाख १९ हजार ८  सय ९६ रुपैयाँ बराबरको बिगो दाबीका मुद्दा दायर गरेको छ ।

मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा विरुद्ध ३२ करोड ३५ लाख ६१ हजार ६ सय ६३ रुपैयाँबराबरको बिगो दाबी गर्दै  विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक सूर्यराज कँडेलविरुद्ध  ८९ करोड ८ लाख ९८ हजार २ सय ८५ रुपैयाँ, समितिका तत्कालीन उपसचिव मणिभद्र न्यौपानेविरुद्ध ३२ करोड ३५ लाख ६१ हजार ६ सय ६३ रुपैयाँ, लेखा अधिकृत रामचन्द्र न्यौपानेविरुद्ध  ३२ करोड ३५ लाख ६१ हजार ६ सय ६३ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ ।

तत्कालीन उपसचिव बेगनाथ पौडेलविरुद्ध ३२ करोड ३५ लाख ६१ हजार ६ सय ६३ रुपैयाँ, तत्कालीन उपसचिव केदारप्रसाद अर्यालविरुद्ध  ४४ करोड ७३ लाख ७३ हजार ७२ रुपैयाँ,समितिका उपकार्यकारी निर्देशक भोजविक्रम थापाविरुद्ध ३२ करोड ३५ लाख ६१ हजार ६ सय ६३ रुपैयाँ बराबरको बिगो दावी गरेको छ ।

परामर्शदाता कम्पनीका ‘डिपुटी टिम लिडर’ शिवकुमार शर्माविरुद्ध ४८ करोड ३६ लाख ७ हजार ५ सय ८०, परामर्शदाता कम्पनी इप्टिसालाई  ८७ करोड ५८ लाख ८३ हजार ३ सय ६० रुपैयाँ र निर्माण कम्पनी सिएमसीलाई  ६५ करोड १४ लाख ५७ हजार ४ सय १० रुपैयाँ बराबरको बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।


Read Previous

अर्थतन्त्रमा सुधार नआए बैंकहरुले अर्को वर्ष लाभांश दिन सक्दैनन्ः सिइओ ढुंगाना

Read Next

आगामी वर्षको बजेट सीमा १८ खर्ब, ३ वर्षमा साढे २४ खर्ब पुर्याउने लक्ष्य   

Leave a Reply

Your email address will not be published.