Nepal Purbadhar

अर्थतन्त्रमा सुधार नआए बैंकहरुले अर्को वर्ष लाभांश दिन सक्दैनन्ः सिइओ ढुंगाना


काठमाडौं। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले अर्थतन्त्रले सुधारको गति नलिए अर्को वर्ष बैंकहरूले लाभांश दिन नसक्ने बताएका छन्। महिला आर्थिक पत्रकार संघ (फेजा) ले आयोजना गरेको नीतिगत बहस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले विगतमा कहिल्यै नदेखिएको समस्या अहिले अर्थतन्त्रमा देखिएको र त्यसको प्रभाव बैंकमा परिरहेकाे बताए । अहिले बजारमा खरिद-बिक्रिदेखि उधारो उठ्ने काम सुस्ताएको र समग्र अर्थतन्त्रमा नै समस्या आएको उनले बताए। जसले गर्दा बैंकको रिकभरीमा नराम्रोसँग हिट गरेको उनको भनाइ छ।

अर्थतन्त्रमा सुधार नभएमा बैंक तथा वित्तीय संस्थाहरुले थप समस्या झेल्नुपर्ने उनले बताए। अहिले मुलुकमा पुँजीगत खर्च बढाउने भन्दा पनि बजेट घटाउने परिपाटी सहि नभएको पनि उनले बताए। यसले अर्थतन्त्र सकरात्मक गतिमा नजाने उनको भनाइ छ। साधारण खर्चकै लागि ऋण उठाउनु पर्ने स्थितिले अर्थतन्त्र सहज नभएको जनाउने उनले बताए ।

ऋण लिएपछि तिर्नुपर्छः कार्यबाहक गर्भनर निलम ढुंगाना
नेपाल राष्ट्र बैंककी कार्यबाहक गर्भनर निलम ढुंगानाले ऋण लिएपछि तिर्नुपर्ने बताएकी छिन्। महिला आर्थिक पत्रकार संघ (फेजा)ले आयोजना गरेको नीतिगत बहस कार्यक्रममा बोल्दै ढुंगानाले यस्तो बताएकी हुन्।
उनले समग्र अर्थतन्त्रमा समस्या आएको कारण बैंकमा पनि यसको समस्या देखिएको बताइन्। यद्यपी छिमेकी देशहरुको तुलनामा नेपलाको एनपिएल कम नै रहेको जानकारी गराइन्।
नेपालमा वित्तीय क्षेत्रको आकार र पहुंच विस्तार भएको, निजी क्षेत्रमा जाने कर्जा विस्तार भएको र अर्थतन्त्रका अधिकांश सूचक सकरात्मक देखिएकाले बैंकिङ्ग क्षेत्रमा देखिएका समस्या पनि छिट्टै ठिक हुने उनले बताइन्। पूँजीगत खर्च बढे समग्र अर्थतन्त्रमा सकारात्मक असर देखिने उनको भनाई छ।

कार्यक्रम महिला आर्थिक पत्रकारिता संघकी अध्यक्ष शर्मिला ठकुरीले महिलाको क्षमता विकासमा सहयोग गर्न कार्यक्रम गरिएकाे बताइन्।

Facebook Comments

Read Previous

भरतपुर विमानस्थल विस्तारका लागि अध्ययन सुरु हुँदै

Read Next

मेलम्ची आयोजनामा भ्रष्टाचार अभियाेगमा ३ पूर्वसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar