Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

नेपाल-भारत विद्युत व्यापार सम्बन्धी दीर्घकालिन सहमतिपत्रमा हस्ताक्षर


काठमाडौं । नेपाल र भारतबीच विद्युत निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । बिहीबार राजधानीमा सम्पन्न नेपाल- भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयाेगकाे बैठकमा भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएकाे हाे ।

भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा दुई देशका ऊर्जा सचिवहरूले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । विद्युत निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालकातर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जा सचिव पंकज अग्रवालले हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार अब भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत खरिद गर्नेछ । प्रधानमन्त्री पुष्पकमल दाहालकाे गत जेठमा भएकाे भ्रमणका क्रममा भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने प्रारम्भिक सहमति भएको थियो ।

भारतको संघीय मन्त्रिपरिषद्ले यसअघि नै नेपालबाट विद्युत आयातसम्बन्धी सम्झौतालाई अनुमोदन गरिसकेकोमा नेपालसँग बल्ल दीर्घकालिन सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सहमतिपत्रमा हस्ताक्षरपछि भारतका सरकारी तथा निजी क्षेत्रका विभिन्न कम्पनीले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा नेपालसँग विद्युत खरिद सम्झौता (पिपिए) गरी विद्युत खरिद गर्न बाटो खुलेको छ । नेपाल र भारतका निजी क्षेत्रले पनि आवश्यक सहमति गरेर विद्युत आयात-निर्यात गर्न सक्नेछन् ।

प्रधानमन्त्री दाहालकाे भारत भ्रमणका क्रममा आयोजित पत्रकार सम्मेलनमा नै दुई देशका प्रधानमन्त्रीले विद्युत व्यापारको विषयलाई ऐतिहासिक र महत्त्वपूर्ण भएको अभिव्यक्ति दिएका थिए । विभिन्न आन्तरिक तयारीपछि यो विषयले साथर्कता पाएको हो ।

सरकारले आगामी १२ वर्षमा कूल २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहितको ऊर्जा विकास रणनीतिसमेत बनाइसकेको छ । त्यसमा १३ हजार मेगावाट आन्तरिक खपतका लागि र १५ हजार मेगावाट भारतलगायतका देशमा निर्यात गर्ने लक्ष्य राखिएको छ ।

उक्त सहमतिमा हस्ताक्षरले नेपालको ऊर्जा क्षेत्रको विकासको ढोका खुलेको भन्दै निजी क्षेत्रले पनि स्वागत गरेको छ । सरकारले निजी क्षेत्रलाई समेत साथमा लिएर ऊर्जा क्षेत्रको विकासमा गुणात्मक परिवर्तन गर्ने लक्ष्य राखेको छ ।

३ वटा नेपाल-भारत अन्तरदेशीय प्रसारण लाइनकाे  उद्घाटन

नेपाल- भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयाेगकाे बैठकमा २ देशबीच विद्युत आयात-निर्यात गर्ने महत्त्वपूर्ण मानिएका ३ वटा अन्तरदेशीय प्रसारण लाइनकाे पनि उद्घाटन गरिएकाे छ । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षी जयशंकरले संयुक्त रूपमा यी अन्तरदेशीय प्रसारण लाइनको उद्घाटन गरेका हुन् ।

उनीहरूले चालू अवस्थामा रहेका तर दाेस्राे सर्किट थपिएका १३२ केभी रक्साैल-परवानीपुर र कुसाहा-कटैया तथा भर्खरै निर्माण सम्पन्न भइ सञ्चालनमा आएकाे  १३२ केभी न्यू नौतनवा-मैनाहिया प्रसारण लाइनकाे संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।

रक्साैल-परवानीपुर र कुसाहा-कटैया प्रसारण लाइनबाट ८०/८० मेगावाट विद्युत आदान-प्रदान हुँदै आएकाेमा अब ८०/८० मेगावाट थप हुनेछ । २०० मेगावाट विद्युत् प्रवाह हुने न्यू नौतनवा–मैनाहिया लाइन भने एक साता अघि मात्र चार्ज भएको हाे ।


Read Previous

कालीगण्डकी करिडोर : महभिर-पोखरेबगर खण्डमा कालोपत्र सुरु   

Read Next

औद्योगिक कोरिडरमा देखिएको विद्युत आपूर्तिको समस्या तत्काल समाधान गर्न महासंघको माग

Leave a Reply

Your email address will not be published.