Nepal Purbadhar

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024
उद्योग विभागद्वारा ४ परियाेजनाकाे ९ अर्ब १३ करोड रुपैयाँ बराबरकाे लगानी स्वीकृत    तनहुँकाे व्यासमा सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता    म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण    लगानी प्रवर्द्धन गर्न अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिँदै सकियाे तेस्राे लगानी सम्मेलन लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार    चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी    सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

विश्व सम्झना दिवस : सवारी दुर्घटना र रोकथाम


बिष्णु थापा, ई. दिलमान सिंह बस्न्यात

कुनै पनि राष्ट्रको समुचित विकास, जनताको जीवनस्तरमा सुधार तथा सम्वृद्धिको लागि यातायातले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । यात्रुको आवागमन तथा मालसामान ढुवानी गर्ने कार्यहरु भनेका अर्थतन्त्रसँग जोडिएका प्रक्रियाहरु हुन् । जसले गर्दा यातायात अव्यवस्थित र असफल भएमा देशको अर्थतन्त्र पनि असफल हुन्छ । आशातित सफलता प्राप्त गर्न सकिदैन । तर यातायात सञ्जालको क्रमिक विस्तार र त्यसको जटिल व्यवस्थापन, शहरी तथा ग्रामिण क्षेत्रमा यातायातको बढ्दो माग, यातायातलाई सबैको सहज पहुँच एवं सुरक्षित बनाउनु र शहरी तथा ग्रामिण क्षेत्र बीचका प्रतिकूलता र असमानतालाई न्यूनिकरण गर्नु जस्ता चूनौतिहरु ज्यादै गंभिर हुदै आएका छन् ।

नेपालको संबिधानले हरेक नागरिकलाई स्वतन्त्र आवागमन गर्ने मौलिक अधिकारको ग्यारेण्टी गरे वमोजिम उपयुक्त यातायातको विकास गर्नु अति जरुरी छ । संयुक्त राष्ट्र महासभाले सन् २०२० को सेप्टेम्बर महिनामा सवारी दुर्घटनाबाट हुने क्षतिलाई सन् २०३० सम्ममा ५० प्रतिशतमा सिमित गर्ने महत्वाकांक्षी लक्ष्यका साथ २०२०—२०३० को दशकको घोषणा गर्दै “विश्व सडक सुरक्षामा सुधार गर्ने’’ प्रस्ताव पारित ग¥यो । विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्र क्षेत्रिय आयोगहरुले अन्य साझेदारहरुसँगको सहकार्यमा सडक सुरक्षा दशकका लागि सन् २०२१ को अक्टोबरमा विश्वव्यापी कार्ययोजना जारी गरेको थियो ।

संयुक्त राष्ट्र संघको महासभाले मार्च २०१० मा आधिकारिक रुपमा घोषणा गरेको सडक सुरक्षा दशक (सन् २०११—२०२०) र उपरोक्त विश्वव्यापी कार्ययोजनाले विश्व सडक सुरक्षामा सुधार गर्ने प्रस्ताव पारित गर्दै सदस्य राष्ट्रहरुलाई नितान्त सडक सुरक्षासँग सम्बन्धित विषयलाई समेटी आ–आफ्नो कार्ययोजना तर्जुमा गर्न निर्देशन गरे अनुरुप नेपाल सरकारले पनि एकिकृत रुपमा सडक सुरक्षालाई सुधार र व्यवस्थित गर्नको लागि नेपाल सडक सुरक्षा कार्ययोजना (वि.सं.२०६७–२०७७) कार्यान्वयनमा ल्याएको थियो । जसअन्र्तगत नेपालको सार्वजनिक सवारीलाई भरपर्दो, सुरक्षित, वातावरण मैत्रि तथा सर्वसाधारणको पहँुचमा पु¥याई रोजगारीको सृजना गर्नुका साथै आर्थिक विकासमा टेवा पु–याउने गरि विकास गर्ने लक्ष्य लिएको भएता पनि सरकारले लिएको उक्त लक्ष्य पुरा हुन सकेन । नेपाल सरकारले अगाडी सारेको सडक सुरक्षा कार्ययोजनाको सन्दर्भमा यसको समिक्षा तथा सवारी दुर्घटना न्यूनिकरण गर्ने उपायबारे सुझाब दिन बनेको प्रतिनिधि सभाअन्र्तगतको तत्कालिन विकाश तथा प्रविधि समितिले आषाढ ८, २०७७ मा, सरकारले लिएको उक्त योजना कार्यान्वयन भएको नदेखिएको तथा सडक सुरक्षाका लागि बेग्लै ‘रोड सेफ्टी परिषद्’ बनाउन सुझव सहितको प्रतिवेदन दिएको थियो ।

प्रतिवेदनका सुझावका सम्बन्धमा हाल केही काम अगाडी बढेको अवस्था रहेता पनि त्यो अझै पर्याप्त र पूर्ण भने छैन । सवारी दुर्घटना घटाउन अब चालकको योग्यतासँगै दायित्व पनि तोक्ने कानुनको खाँचो छ । जसरी हुन्छ दुर्घटनाबाट हुने जनधनको क्षति कम गर्नु राज्यको प्रमुख दायित्व हो । दुर्घटनाको कारण पहिचान भइसकेको अवस्थामा सडक यात्रालाई सुरक्षित र भरपर्दो बनाउन राज्यले जुनसुकै कदम चाल्न पनि चुक्नु हुँदैन । हरेक वर्ष हुने दुर्घटनाको संख्या, त्यसबाट हुने मानवीय र भौतिक क्षतिको मूल्यांकन नै छैन । दुर्घटनाबाट हुने सबभन्दा ठूलो क्षति मानवीय क्षति नै हो । आफन्त गुमाउनु पर्दा पारिवारका अन्य सदस्य र आश्रितहरूले सहनु पर्ने पीडा अकल्पनीय हुन्छ । सवारी दुर्घटनाले अक्सर आर्थिक क्रियाकलापमा संलग्न जनशक्तिलाई असर पार्ने भएकाले दिनानुदिन राज्यले उत्पादनशील नागरिक गुमाइरहेको अवस्था छ । दीगो विकास लक्ष्यका अनुसार २ वर्षभित्र नेपालले सडक दुर्घटनामा परि मृत्यु तथा घाइते हुनेको संख्या आधाले घटाउने सहमति जनाएको छ तर दुर्घटनाको संख्या बर्सेनि झन् बढ्दै गइरहेको यथार्थ हाम्रा सामु छर्लङ छ ।

समयमै सडक सुरक्षाप्रति तथा ट्राफिक व्यवस्थापनबारे गम्भीर नबन्ने हो भने ट्राफिक समस्या राज्यको नियन्त्रण बाहिर जान सक्छ । स्थानीय तथा प्रदेश सरकारहरु, भौतिक पूर्बाधार तथा यातायात मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय गम्भीर बन्नुपर्ने देखिन्छ । भौतिक पुर्वाधारको अभाव, वैज्ञानिक उपकरण कमी, सवारी चालक र सडक प्रयोगकर्ताको मिचाहा प्रवृत्ति तथा दक्ष जनशक्तिको अभावले ट्राफिक व्यवस्थापन गर्न कठिनाई भएको छ । जबसम्म ट्राफिक व्यवस्थापन गर्न सरोकारवाला निकायहरु गम्भीर बन्दैनन्, ट्राफिक प्रहरीको पहलबाट मात्र यत्रो विकराल समस्या समाधान हुने सम्भावना कम छ । भत्केका खाल्डाखुल्डी सडक मर्मत, सडकका पेटीमा राखिएका अनाधिकृत फूटपाथ पसल नियन्त्रण, सडकपेटी सवारी गुड्ने सडकका दायाँबाया भागमा निर्माण सामाग्री राख्न प्रतिवन्ध तथा ‘पकेट पार्किङ’को व्यवस्था लागू गर्न सके तत्कालका लागि ट्राफिक व्यवस्थापनमा सुधार आउनसक्छ । यति विषयमा पनि गम्भीर नहुनु सरोकारवाला पक्षको कमजोरी पनि हो ।

विश्व स्वास्थ्य संगठनको एक अध्ययनअनुसार, विश्वमा सवारी दुर्घटनाका कारण हरेक वर्ष करिब १३ लाख मानिसको मृत्यु हुने गरेको छ । जसमा ५ वर्ष देखि २९ वर्ष उमेर समूहका मानिसहरुका लागी सवारी दुर्घटना, अकाल मृत्युको मुख्यकारण होे । जसको कारण विश्वभरका देशहरुले ठूलो मानवीय तथा आर्थिक क्षती व्यहोर्नु परेकोे छ । यी घटनाहरुको फलस्वरुप सम्बन्धित देशहरुको कुल राष्ट्रिय उत्पादनकोे ३ प्रतिशत सम्मको आर्थिक क्षति सवारी दुर्घटनाबाट हुने गर्दछ । त्यस्तै ९३ प्रतिशत मृत्यु जन्य सवारी दुर्घटना हाम्रो जस्तो कम बिकशित तथा मध्यआय भएका देशहरुमा हुने गरेको छ ।

नेपालको सन्दर्भमा हेर्ने हो भने अव्यवस्थित सडक र ट्राफिक व्यवस्थापनको अभावमा सवारी दुर्घटनाबाट उपत्यकामा मात्रै बितेका ३ वर्षमा ५ सय ४३ जनाले ज्यान गुमाएका छन् । ७ सय ४४ जना गम्भिर घाईते भएका छन् भने २३ हजार ६ सय भन्दा वढि घाईते र अबौंको भौतिक क्षती भएको छ । नेपालभर ट्राफिक नियम उल्लंघन तथा सडकको दुरावस्थाकै कारण भएका सवारी साधन दुर्घटनामा दैनिक सरदर ७ जना वढीले ज्यान गुमाउँदै आएका छन् । नेपाल प्रहरीको तथ्यांकअनुसार गत आ.ब.२०७९/०८० मा मात्रै देशभर २३ हजार ५ सय ९७ सवारी दुर्घटना भएकोमा दुर्घटनाबाट मृत्यु हुनेको संख्या २ हजार ३ सय ७६ रहेको छ । यस्तै ५ हजार ७ सय जनाभन्दा वढि गम्भीर घाईते तथा २४ हजार ४ सय भन्दा बढी सामान्य घाईते भएका छन् ।

सवारी दुर्घटनामा हुने मृत्यु मध्ये आधाभन्दा बढी जोखिममा रहेका सडक प्रयोगकर्ताहरू पैदलयात्री, साइकलचालक र मोटरसाइकल चालकहरू र तिनीहरूका यात्रुहरू हुन्, जसलाई सामूहिक रूपमा “सडकको कमजोर प्रयोगकर्ता“ भनेर चिनिन्छ । उच्च आय भएका देशहरू भन्दा कम आय भएका देशहरूमा जोखिममा रहेका सडक प्रयोगकर्ताहरूको उच्च अनुपातमा मृत्यु हुने गरेको छ । यसरी हुने ठूलो धनजनको क्षतिलाई कम गर्न तथा सवारी दुर्घटनामा ज्यान गुमाएका एबं पीडितहरुको सम्झनामा “ट्राफिक पिडितहरुको सम्झना दिवश ” प्रत्येक वर्ष नोभेम्बर महिनाको तेश्रो आईतबार मनाउदै आईएको छ । “विश्व सम्झना दिवस” त्यही करोडौं सडक दुर्घटना बाट पिडित, तिनका परिवार र समाजलाइ सम्झने दिनको रूपमा लिईन्छ । यो सन् १९९३ मा पहिलो पटक संयुक्त अधिराज्यमा (बेलायत) मनाइएको थियो । संयुक्त राष्ट्र संघले पनि हरेक वर्ष नोभेम्बर महिनाको तेस्रो आइतबारलाई विश्व सम्झना दिवस, सडक दुर्घटना पीडितका लागि मनाउने निर्णय २६ अक्टोबर, २००५ मा गरेको थियो । जस अनुसार नेपालमा पनि यही मंसीर ३ गते विभिन्न कार्यक्रम गरी यो दिवश मनाईदै छ ।

यसै सन्दर्भमा सडक दुर्घटना पिडितलाई सम्झनका लागि, सुरक्षित र दिगो यात्रा नेपालले हरेक वर्ष यस दिवसमा विभिन्न कार्यक्रमहरु गर्दै आएकोछ । यसले गत बर्ष पनि नेपालको सातै प्रदेशको विभिन्न स्थानमा विभिन्न कार्यक्रमहरु गरेको थियो । यस वर्ष पनि विभिन्न स्थानमा प्रभावकारीताको साथ सडक सुरक्षा सम्बन्धित् हाजिरी जबाफ, र्याली, दिप प्रज्वलन, गोष्ठी, तथा सडक सुरक्षा प्रभातफेरी लगायतका कार्यक्रमहरु गर्दैछ । संसारका सडकहरुमा मारिएका र गम्भिर घाईते भएका लाखौ मानिसलाई सम्झने र सबै प्रभावित पिडितहरु, परिवारहरु र समुदायहरुको पिडालाई स्वीकार तथा आत्मसात गर्ने, यस्ता पिडालाई हटाउन, घटाउन आ—आफ्नो तह, तप्काबाट प्रतिबद्ध रहने यो विशेष दिन पनि हो । सडकमा हुने मृत्यु, ठूलो मात्राको चोट पटक, यसको प्रभाब, असर अन्त्यका लागि आव्हान सहित एक प्रकारको नरसंहारको रुपमा रहेको सवारी दुर्घटना रोक्न ठोस वकालतका लागि समेत यो दिनको विशेष महत्व रहेको छ । विश्व सम्झना दिवसले ति दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्ति, तिनका परिवार, समाजलाई हामी सिङ्गो राष्ट्र उनीहरुको साथमा छौ भनेर दुख बाड्छौ, आउँदो दिनहरुमा त्यस्ता दुर्घटना हुन नदिन आफू पनि सजग हुने र अरुलाई पनि सजग बनाउने सङ्कल्प गर्छौ । त्यसैले यो कार्यक्रमको उद्देश्य सडक सुरक्षा सम्बन्धी जनचेतना फैलाऊनु पनि हो ।

अन्त्यमा, सवारी दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झना दिवसको सन्दर्भका अबसरमा दुर्घटनाका बखत तत्काल मानवीय सेवा प्रदान गर्ने आपतकालिन टोलीहरु, प्रहरी, चिकित्सक सबैमा हार्दिक नमन, ज्यान गुमाएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली, घाईतेहरुमा शीघ्र स्वास्थ्यलाभको कामना सहित ट्राफिक नियमप्रति सजग, सचेत र संबेदनशील हुन अभिप्रेरणा जागृत हुन सकोस सबै सबैमा शुभ—कामना ।

(लेखक थापा प्रहरी वरिष्ठ नायव निरीक्षक हुने भने बस्न्यात ट्राफिक र यातायात इन्जिनियर तथा सुरक्षित र दिगो यात्रा नेपालका कोषाध्यक्ष हुन्)


Read Previous

४६ औं इफाप्का सम्मेलनको तयारी पूरा, दिगो पूर्वाधारमा साझेदारी नारासहित आयोजित सम्मेलनको राष्ट्रपतिले उद्घाटन गर्ने

Read Next

पर्यटन प्रवर्द्धन गर्न हिँडेकाे साइकल टोली पोखरामा   

Leave a Reply

Your email address will not be published.