Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

सिंगामा चिस्यान गृह निर्माण


म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा चिस्यान गृह बनाइएको छ । कृषिउपज सङ्कलन, भण्डारण र व्यवस्थापनका लागि बेनी नगरपालिकाले शीतभण्डार निर्माण गरेको हो । सिंगामा तीन सय मेट्रिक टन क्षमताको शीतभण्डार बनाउन गत आर्थिक वर्षमा एक करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको थियो । राजेशबाबु निर्माण सेवाले एक करोड ५१ लख २० हजार सात सय ३८ रुपैयाँमा निर्माण गर्ने गरी २०७९ फागुन तेस्रो साता ठेक्का सम्झौता गरेको थियो । गत असारमा यसका लागि तीन महिना म्याद थपिएको थियो ।

बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुुर खड्काले चिस्यान गृह निर्माण र उपकरण जडानको काम सकिएको जानकारी दिएका छन् । “चिस्यान गृहको पूर्वाधार निर्माण र उपकरण जडान गरेर परीक्षण थालिएको छ”, उनले भने, “परीक्षण सफल र हस्तान्तरण भएपछि चिस्यान गृह सञ्चालन गर्ने तयारी गरेका छौँ ।” सो चिस्यान गृहको क्षमता तीन सय मेट्रिक टन रहेको छ । नगरपालिका र म्याग्दीका अन्य पालिकामा उत्पादन हुने कृषिजन्य उत्पादनको उचित व्यवस्थापनमा कोल्ड स्टोर सहयोगी बन्ने अपेक्षा गरिएको छ ।

तीन वर्षअघि बेनी नगरपालिकालाई चिस्यान गृह बनाउन सङ्घीय सरकारबाट बजेट विनियोजन भए पनि स्थान छनोट हुन नसकेपछि कार्यान्वयन हुन सकेको थिएन । चिस्यान गृह बनेपछि सुन्तला, आलुलगायत कृषि उपज भण्डारण गरेर बेमौसममा बजारमा आपूर्ति गराउन र बढी मूल्य पाउन सकिने कृषकको अपेक्षा छ । यसैगरी रघुगङ्गा गाउँपालिका–५ झिँमा २० मेट्रिक टन र वडा नम्बर २स्थित भगवतीमा २५ मेट्रिक टन क्षमताको चिस्यान गृह निर्माण भएको छ । झिँमा २१ लाख ७८ हजार रुपैयाँ लागतमा चिस्यान गृह निर्माण भएको गाउँपालिकाका इन्जिनियर सुदीप गौतमले बताए ।

भगवतीको चिस्यान गृह बनाउन डोलेश्वर महादेव कन्ट्रक्सन एण्ड सप्लायर्सले करबाहेक ७९ लाख ७० हजार ८४ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । दुुई वटै चिस्यान गृह प्रयोगमा भने आएका छैनन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा बेनी नगरपालिका–९ बियाडामा पाँच हजार किलोग्राम क्षमताको चिस्यान गृह निर्माण भएको छ । यसअघि गत वर्ष अन्नपूर्ण गाउँपालिकाको नारच्याङमा २० हजार किलोग्राम क्षमताको चिस्यानगृह निर्माण भएको थियो ।


Read Previous

विद्युत उत्पादनमा निजी क्षेत्रकाे लागनी र चुनौती

Read Next

गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

Leave a Reply

Your email address will not be published.