Nepal Purbadhar

पर्यटकीय विकास प्राथमिकतामा : प्रमुख आचार्य


कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको पर्यटकीय विकास महानगरपालिकाको प्राथमिकतामा रहेको बताएका छन् ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको २८औँ वार्षिक साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उनले पूर्वाधार विकाससँगै पर्यटकको बसाइ लम्ब्याउने गरी अघि बढ्नुपर्ने बताए ।

पर्यटनका क्षेत्रमा नाट्टाले गर्दै आएको योगदान प्रशंसनीय भएको बताए । पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न महानगरपालिका र गण्डकी प्रदेश सरकारका तर्फबाट माग भइसकेको जनाउँदै उनले सन् २०२३ भित्रमा पर्यटनको राजधानी घोषणा हुने विश्वास व्यक्त गरे ।

नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले पर्यटन प्रवद्र्धनका क्षेत्रमा नाट्टा निरन्तर लागेको जनाउँदै पोखराका पर्यटकीय गन्तव्यलाई सूचीकृत गर्नुपर्ने आवश्यकता औँल्याए । भारतीय मुद्रा सटहीमा देखिएको समस्याका कारण पोखरा आउने भारतीय पर्यटक समस्यामा परेको र यसले समग्र पर्यटनमा असर पारेको भन्दै उहाँले यस समस्यालाई तत्काल समाधान गर्नुपर्नेमा जोड दिए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले निर्माणाधीन पोखरा–मुग्लिन सडकको अवस्थाका कारण पर्यटक समस्यामा परेको जनाउँदै उक्त निर्माण कार्यलाई चाँडो सम्पन्न गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए । भारतीय मुद्रा सटहीमा देखिएको समस्याका कारण भारतीय पर्यटक गुमाउनु परेकोतर्फ गम्भीर बन्नुपर्ने उनले बताए ।

कार्यक्रममा नाट्टा गण्डकी प्रदेशका महासचिव सङ्गीता पौडेल, नेपाल पर्यटन बोर्ड गण्डकीका निमित्त प्रमुख नवीन पोखरेल, पोखरा–६ का वडाअध्यक्ष विष्णुबहादुर भट्टराई, वासु त्रिपाठी, नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारी लगायतले पोखरामा पर्यटकको बसाइ लम्ब्याउने तरवरबाट पर्यटकीय विकास गर्न लाग्नुपर्नेमा जोड दिए ।

Facebook Comments

Read Previous

अर्थतन्त्र चलायमान बनाइराख्न पुँजीगत खर्च बढाउछौँ : अर्थमन्त्री महत

Read Next

भवन निर्माण विभागकाे भाैतिक प्रगति ६५ प्रतिशत मात्र, परिणाम देखिने गरी काम गर्न मन्त्री गुरुङको निर्देशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar