Nepal Purbadhar

४० मेगावाट क्षमताकाे अपर चमेलिया उद्घाटन


खलंगा । दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीमा ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको साेमबार उद्घाटन गरिएको छ ।

गत शुक्रबार परीक्षण गरिएको अपर चमेलियाको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डे र मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।

उत्पादित विद्युत्लाई शैल्यशिखर नगरपालिका–१ बलाचस्थित सवस्टेशनमार्फत राष्ट्रिय प्रसारणमा जोडिएको कम्पनीका प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेले बताए । उनका अनुसार ८ अर्ब ५० करोड रूपैयाँ लागतमा ३० महिनामा आयोजना सम्पन्न भएको हो ।


Read Previous

अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीति नआएको निजी क्षेत्रको गुनासो

Read Next

नेपालीलाई प्रतिव्यक्ति ऋण ७६ हजार १७७ रूपैयाँ, देशकाे ऋण २२ खर्ब २१ अर्ब नाघ्यो