Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
साढे २८ हजार मेगावाट जडित क्षमता पुर्याउन ६१ खर्ब लगानी चाहिने,स्वदेशी पुँजीबाट २० खर्ब जुट्दा, बाँकी कसरी जुटाउने ? बागलुङ-म्याग्दी सडकमा कालोपत्र गर्न सुरु २५ हजारले अवलोकन गरे हिमालयन हाइड्रो एक्स्पो,प्रतिश्पर्धामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार वितरण ऊर्जा सुरक्षाको लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प, ‘नेपालमा उत्पादन हुने हाइड्रोजन संसारकै सस्तो’ ऊर्जा विकासमा भूराजनीतिक प्रभाव व्यवस्थापन र प्रसारण सञ्जाल विस्तारमा जोड हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर सालझण्डी-ढोरपाटन सडक निर्माणले गति लिन सकेन झापाकाे मेचीनगरमा ३ खानेपानी आयोजना सम्पन्न

शिक्षा सुधारक बखतबहादुर चित्रकारको स्मृति ग्रन्थ सार्वजनिक


काठमाडौं । गुणस्तरीय शिक्षाको लागि अन्य पूर्वाधारसँगै शिक्षकको क्षमता अभिवृद्धिलाई विशेष जोड दिने शिक्षासेवी बखतबहादुर चित्रकारको स्मृति ग्रन्थ सार्वजनिक भएको छ । शिक्षा मन्त्रालयमा सहसचिवसम्म भएर उनले करिब ३६ वर्ष देशका विभिन्न ठाउँमा पुगेर शिक्षा क्षेत्र सुधारको लागि भुमिका खेलेका थिए । सेवा निवृत्त भएपछि पनि उनलाई शिक्षा क्षेत्रमा योगदान दिन अग्रसर थिए ।

आमा विलावती चित्रका र पिता कृष्णबहादुर चित्रकारको कोखबाट १९८७ माघ शनिवार बखतबहादुर चित्रकारको जन्म भएको थियो । उनले २००६ सालमा दरबार हाईस्कुलबाट एसएलसी पास गर्नु भई २०१० सालमा त्रिचन्द्र कलेजबाट स्नातक तहको अध्ययन पूरा गर्नुभएको थियो । स्नातक अध्ययनपश्चात बखतबहादुरले २०१८ सरकारी सेवामा प्रवेश गरे । सरकारी सेवामा रहँदा आफ्नो जिम्मेवारीलाई सफलतापूर्वक निर्वाह गरेको गर्ने गरेको र कुशल प्रशासक रुपमा औल्याउन सकिने प्रा.डा. भीमदेव भट्टले स्मृति ग्रन्थमा उल्लेख गरेका छन् ।

आफ्नो ज्ञान, सीप र क्षमताको कारण बखतबहादुरले शिक्षा मन्त्रालयमा आवद्ध रही विभिन्न सेवा गरे । विशेषगरी पाठ्यसामग्री तयार गर्ने, फोटो व्यवस्थापन गर्ने, श्रव्यदृश्य तयार गरी विभिन्न विद्यालयमा प्रदर्शन गर्ने गराउने कार्य उनकै नेतृत्वमा सम्पन्न भएको थियो । सेवाको सिलसिलामा उनले जनक शिक्षा सामग्री केन्द्रमा उत्पादन प्रमुखको पदीय जिम्मेवारी समेत निर्वाह गरे ।

वृत्तिविकासको सिलसिलामा प्रथम श्रेणीमा (सहसचिव) पदोन्नति भएपछि उनले पाठ्यक्रम पाठ्यपुस्तक निरीक्षण विकास केन्द्रको र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको दिपायलमा रही तीन वर्षसम्म शिक्षा निर्देशकको जिम्मेवारी सम्हालेका थिए । २०४६ मा उनलाई दश जोड दुई (१०ं प्लस २) शिक्षा सञ्चालन गर्ने अवसर पनि प्राप्त भयो । त्यसलाई कार्यान्वयन गर्नको लागि महत्वपूर्ण भुमिका निर्वाह गरे ।

विसं २०११ सालमा शिक्षक शिक्षण केन्द्रमा नेपाल सरकारमार्फत पठनपाठनका सामग्रीहरू व्यवस्थापन गर्ने विषयमा तालिम दिई जनशक्ति तयार गर्ने अभिभाराको काम गर्न थालेपछि धेरै शिक्षण संस्था फिल्म देखाउनुको साथै अन्य शैक्षिक कामहरू गर्न गरे । त्यस्तै जनक शिक्षा सामग्री केन्द्रको फोटोग्राफी शाखाको प्रमुख भए काम गरे । विद्यार्थीलाई पठन पाठनमा आकर्षित र सजिलै बुझ्न सकिने गरी पुस्तकको साझसज्जामा निकै संवेदनशील भई सिपालु चित्रकारहरूलाई काम दिई पाण्डुलिपिअनुसार चित्रको सहितको पुस्तकमा र श्रव्य दृश्यका सामग्रीहरु कक्षा शुरू हुनुभन्दा अगावै तयार गर्थेे यो उनको काम गर्ने कुशलताको नमूना थियो ।

पहिले सरकारी कार्यालयहरूमा डकुमेन्टशन गर्ने परिपाटी नै थिएन । अझै पनि यो अवस्थाबाट मन्त्रालयदेखि धेरै सरकारी कार्यालयहरू गुज्रिएको पाइन्छ । उनले अभिलेख राख्ने प्रचलन शुरू गरे । कसरी महत्वपूर्ण दस्तावेजहरूको अभिलेखीकरण गर्नु पर्दछ भनेर बखतबहादुरले धेरैलाई सिकाउनु भएको थियो । सेवानिवृत्त भएपछि पनि सामाजिक रुपमा सक्रिय उनको देहावसन २०७८ साउन २४ गते भयो ।

सेवा प्रदान गर्ने सन्दर्भमा उनले २०५५ सालमा प्रवल गोरखा दक्षिणबाहु (चतुर्थ श्रेणी) साथै अन्य धेरै पुरस्कार र सम्मान प्राप्त गरे । सेवामा रहँदा उनले छिमेकी राष्ट्र भारत र चीनलगायत अमेरिका, जापान, मलेशिया, फिलिपिन्स, थाइल्याण्ड, सिंगापुर, दक्षिण कोरिया, र बेलायतको समेत भ्रमण गरेका थिए ।

बखतबहादुर चित्रकारले शिक्षा क्षेत्रमा दिएको योगदान र उनको जीवन चक्रलाई समेटेर प्रकाशन गरिएको स्मृति ग्रन्थ ३७२ पृष्ठको छ । यसमा उनको जीवनकाल र उनले गरेका काम, अनुभव समेटिएको छ । ग्रन्थमा उनका घरपरिवार आफन्त र उनले काम गर्दाका हितैसी तथा उनको कामबाट प्रभावित व्यक्तित्वले लेखेका स्मिृतिहरुलाई पनि समेटिएको छ । पुस्तकको प्रकाशन उनका सन्तानहरु भावना, रवि र शशि चित्रकारले गरेका हुन् ।


Read Previous

दक्षिण पूर्वी एसिया र मध्य पूर्वका देशसँग विद्युत व्यापार गर्ने योजनामा काम गर्दै भारत

Read Next

पञ्चेश्वरको डीपीआरलाई तीन हप्ताभित्र अन्तिम रुप दिने विज्ञ समूहको निर्णय

Leave a Reply

Your email address will not be published.