Nepal Purbadhar

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

पञ्चेश्वरको डीपीआरलाई तीन हप्ताभित्र अन्तिम रुप दिने विज्ञ समूहको निर्णय


काठमाडौं । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई अन्तिम रुप प्रदान गर्न गठित संयुक्त विज्ञ समूह (टीओई) ले तीन महिनाभित्र यसलाई अन्तिम रुप दिने निर्णय गरेको छ ।

शुक्रबार र शनिबार (साउन ५–६) गते भारतको नयाँ दिल्लीमा बसेको विज्ञ समूहको चौथो बैठकले तीन हप्ताभित्र विज्ञ समूहको अर्को बैठक बसी डीपीआरलाई अन्तिम रुप दिने निर्णय भएको पञ्चेश्वर विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत समेत रहेका ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका सह–सचिव मधु भेटुवालले जानकारी दिए । उनका अनुसार, विज्ञ समूहको यस अघिका बैठकहरुमा भएका सहमति तथा महाकाली सन्धीको मर्मत अनुरुप पञ्चेश्वरको डीपीआरलाई १५ दिनभित्र परिमार्जन गरी पेश गर्न परामर्शदाता वाप्कोस लिमीटेडलाई निर्देशन दिने निर्णय पनि विज्ञ समूहले गरेको छ ।

विज्ञ समूहको बैठकको नेतृत्वमा नेपाल सरकारको तर्फबाट जल तथा ऊर्जा आयोगका सचिव शुशीलचन्द्र तिवारी र भारत सरकारको तर्फबाट केन्द्रिीय जल आयोगका अध्यक्ष कुसविन्दर बोहोराले गरेका थिए ।

हालै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा पञ्चेश्वरको डीपीआर तीन महिनाभित्र पूरा गर्ने गरी सहमति भएसँगै यसको लागि सक्रियता बढेको छ । गत असार २२ र २३ गते पोखरामा भएको पञ्चेश्वर विकास प्राधिकरणको सञ्चालक समिति (गभर्निङ बडी)को आठौं बैठकले तीन महिनाभित्रै आयोजनाको डीपीआरलाई अन्तिम दिन दिने सहमति भएको छ ।

२८ बर्ष अघिनै दुई देशबीच ६ महिनाभित्र तथा त्यसपछिका दुई देशका संयन्त्रहरुको बैठकमा पटक पटक ६÷३ महिना हुँदै हालसम्म पूरा गर्न नसकेको डीपीआर पूरा गर्नका लागि प्रधानमन्त्री भ्रमण लगत्तै साढे तीन बर्षपछि प्राधिकरणको बैठक बसेको थियो । बैठकले पुनः ३ महिनाभित्र अन्तिम रुप दिने निर्णय गर्दै प्रतिवेदनको लागि अन्तिम रुप दिन गठित विज्ञ समूहको म्याद ६ महिना थप गर्ने निणर्य गरेको थियो ।


Read Previous

शिक्षा सुधारक बखतबहादुर चित्रकारको स्मृति ग्रन्थ सार्वजनिक

Read Next

सार्वजनिक यातायातका चालक र सहचालकलाई ड्रेस र परिचय पत्र

Leave a Reply

Your email address will not be published.