Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

सङ्घीय संसद् भवन निर्माणलाई थप गति दिन प्रधानमन्त्रीको निर्देशन


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय संसद्को हिउँदे अधिवेशन नयाँ भवनबाटै सञ्चालन गर्ने गरी शीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन् ।

सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको आज अवलोकन गर्दैै प्रधानमन्त्रीले पछिल्ला दिनमा भवन निर्माणले गति लिएकामा खुसी व्यक्त गरे । उनले कामलाई थप गति दिएर हिउँदे अधिवेशन अगावै सम्पन्न हुने वातावरण बनाउन आग्रह गरे ।

मुलुकको सर्वोच्च जनप्रतिनिधिमूलक थलोका रुपमा रहेको सङ्घीय संसद्को काम कारबाही भाडाको भवनमा सञ्चालन गर्नुपर्दा नमिठो अनुभव भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले आफ्नो नेतृत्वको नयाँ सरकार गठन भएपछि कामले गति लिएकामा संलग्न सबैलाई आभार व्यक्त गरे ।

उनले कुनै समस्या उत्पन्न भएमा तीन दिनभित्रै समाधान गर्नेगरी सहरी विकासमन्त्री सीता गुरुङले आवश्यक प्रबन्ध गरेको धन्यवाद दिए । उनले कामको गति थप कसरी बढाउन सकिन्छ भन्नेबारेमा मन्त्री, सचिवलगायतका अधिकारी र निर्माण व्यवसायीलाई आवश्यक परामर्श गर्नसमेत निर्देशन दिए ।

प्रधानमन्त्रीले सो अवसरमा निर्माणाधीन १२ वटै भवनको अवलोकन निरीक्षण गरे । आफूले यसअघि नै नेपाल औषधि लिमिटेड रहेको स्थानमा संसद् भवन बनाउने उद्देश्यले अवलोकन गरेकोसमेत स्मरण गरे । प्रधानमन्त्रीले हाल निर्माणाधीन भवन सुविधा सम्पन्न रहेको र यसले संसद्का काम कारबाहीलाई थप गति दिन बल पुग्नेसमेत बताए ।

भवनको संरचना निर्माण भइसकेकाले अब फिनिसिड र छाना हाल्ने काम बाँकी छ । उनले ती कामलाई युद्धस्तरमा अगाडि बढाउन आग्रह गरे । सहरी विकासमन्त्रीमा छिटो र गुणस्तरीय काम गर्ने स्पिरिट रहेको भन्दै प्रधानमन्त्रीले त्यसलाई सम्मान गर्दै थप गति दिन सम्बद्ध निर्माण व्यवसायीलाई आग्रह गरे । प्रधानमन्त्रीकोतर्फबाट आवश्यक सहयोग उपलब्ध गराउन र काममा सहजीकरण गर्न आफू तयार रहेको उनको भनाइ छ ।

सो अवसरमा सहरी विकासमन्त्री गुरुङले सङ्घीय संसद् भवनको निर्माणको पछिल्लो अवस्थाका बारेमा जानकारी गराइन् । सो अवसरमा सहरी विकास मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, निर्माण व्यवसायीका प्रतिनिधिको सहभागिता थियो । रासस


Read Previous

हेटौंडा-भरतपुर प्रसारण लाइन सञ्चालनमा

Read Next

योजना आयोगका उपाध्यक्ष र चिनियाँ समकक्षीबीच भेटवार्ता   

Leave a Reply

Your email address will not be published.