Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

पञ्जावको विद्युत माग १४ हजार मेगावाट नाघ्यो


काठमाडौं । भारतको पञ्जाव राज्यको विद्युत माग १४ हजार मेगावाट नाघेको छ । कृषि उत्पादनमा अगाडि रहेको पञ्जावमा रोपाईं सुरु भएपछि विद्युतको माग अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो ।

धान खेती लगाउने किसानले दैनिक ८ घन्टा पानीका लागि विद्युत मोटर चलाइरहेकाले खपत बढेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । सोमबारको उच्च माग १४ हजार १ सय ८२ मेगावाट आएको समाचारमा जनाइएको छ ।

विद्युतको उच्च माग व्यवस्थापन गर्न पञ्जाव स्टेस पावर कर्पोरेशन लिमिटेड (पिएसपिसिएल) ले उत्तरतर्फको ग्रिडबाट ८ हजार ५ सय मेगावाट आपूर्ति गरेको थियो । पञ्जावमा पिएसपिसिएल अन्तर्गतको जडित क्षमता ५ हजार ६ सय मेगावाट छ । ८ सय मेगावाट जलविद्युत उत्पादन छ । ३२ सय मेगावाट निजी क्षेत्रले उत्पादन गरेर ग्रिडमा जोडेको छ ।

यो वर्ष गत आइतबार ११ हजार ९ सय ९७ मेगावाट पुगेको माग सोमबार बढेर १४ हजार मेगावाट नाघेको हो ।जुनको अन्तिम सातासम्ममा यो माग बढेर १५ हजार ५ सय मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ ।

पञ्जावमा गत वर्ष गर्मी मौसमा उच्च माग ११ हजार २५ मेगावाटदेखि ११ हजार ३ सय ४७ मेगावाट थियाे । कोइला अभाव नरहेकाले आपूर्ति व्यवस्थापनमा तत्काललाई समस्या नहुने पिएसपिसिएललाई उदृत गर्दै समाचारमा जनाइएको छ ।

निजी थर्मल प्लान्ट सञ्चालका लागि पनि २६ देखि ४४ दिनसम्मका लागि कोइला सञ्चित रहेको जनाइएको छ । जलविद्युत आयोजनाको जलाशयमा पनि पानीको सतह बढी रहेकाले जलाशय आयोजनाले पूर्ण क्षमतामा विद्युत उत्पादन गरिरहेका छन् ।

भारतकाे ७० प्रतिशत बढी विद्युत काेइलामा आधारित थर्मल प्लान्टबाट उत्पादन हुँदै आएकाे छ । अधिक माग थर्मल प्लान्टकाे विद्युले धानिरहेकाे हुँदा कार्बन उत्सर्जन न्युनिकरण गर्न नवीकरणीय ऊर्जा उत्पादन बढाउनु पर्ने चुनाैती छ ।


Read Previous

‘उज्यालो गण्डकी प्रदेश’ घोषणा हुने

Read Next

पर्यटकको प्रतीक्षामा साल्पापोखरी

Leave a Reply

Your email address will not be published.