Nepal Purbadhar

बजेट युवा उद्यमशिलतामैत्री भएको भन्दै स्वागत


काठमाडौं । अर्थमन्त्री डा. प्रकाशरण महतले सोमबार संसदमा आगामी आर्थिक बर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रमका युवाको उद्यमशिलतालाई समेटेकोमा राष्ट्रिय युवा उद्यमी मञ्च (एनवाईईएफ) ले स्वागत गरेको छ ।

मञ्चका अध्यक्ष चिराग गोयलले बजेटमा युवा उद्यमशीलता प्रर्वद्धन वर्ष घोषणा, सहुलियतपूर्ण कर्जा दिने लगायतका व्यवस्था स्वागतयोग्य भएको बताए ।

युवा पुस्ताको उद्यमशीलता विकास, व्यवसाय सञ्चालनमा आकर्षण गर्न सीप, पुँजी र प्रविधिमा पहुँच वृद्धि गरिने, सूचना प्रविधि उद्योगमा वैदेशिक लगानीको न्यूनतम सीमा हटाउने, अब कम्पनी दर्ता गर्दा शुल्क नलाग्ने र १०० अधिकृत पुँजीमै कम्पनी खोल्न सकिने व्यवस्था सकारात्मक भएको उनको भनाई छ ।


Read Previous

बजेटकाे आकार १७ खर्ब ५१ अर्ब ३१ करोड, चालु आवकोभन्दा साढे ४२ अर्बले न्यून (पूर्ण पाठसहित)

Read Next

बागलुङकाे भूजीखोलामा मोटरेबल पुल निर्माणमा ढिलाइ,असारमा सम्पन्न गर्ने अर्काे तालिका