Nepal Purbadhar

उद्योगमा सडक र प्रसारण लाइनकाे पहुँच पुर्याउन ४६ करोड विनियोजन


काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (२०८०/८१) का लागि उद्योगमा पहुँच सडक र प्रसारण लाइन पुर्याउन बजेट विनियोजन गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै चालू आवको कार्यक्रमलाई निरन्तरता दिँदै सडक र प्रसारण लाइन निर्माण गर्न ४६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको घोषणा गरेका हुन् ।

यो बजेट सिमेन्ट तथा फलामजन्य उद्योगहरूमा सडक तथा माग बमोजिमको विद्युत पहुँच पुर्याउन प्रसारण लाइन निर्माणमा खर्च खरिनेछ ।


Read Previous

एक महिनाभित्रै वातावरण प्रभाव मूल्यांकनको स्वीकृति गरिने

Read Next

ई-कमर्सबाट नेपाली वस्तु तथा सेवाको व्यापार प्रवर्द्धन र नियमन गर्न कानूनी व्यवस्था गरिने