Nepal Purbadhar

सोमवार, जेष्ठ ७, २०८१
Monday, May 20, 2024

सोमवार, जेष्ठ ७, २०८१
Monday, May 20, 2024

विदेशी लगानी भित्र्याउन ‘इनोभेटिभ फाइनान्सिङ´ आवश्यक


काठमाडाैं । नेपालमा वैदेशिक लगानी भित्राउनका लागि परम्परागत खालको फाइनान्सिङ मोडलभन्दा पनि इनोभेटिभ खालका फाइनान्सिङ मोडल अपनाएर अघि बढ्नुपर्ने सरोकारवाला निकायहरुले बताएका छन् ।

लगानी बोर्डको कार्यालय र स्ट्यान्डर्ड चार्टर्ड बैंकको आयोजनामा काठमाडौमा सुरु भएको ‘नेपालका लागि वित्तीय लगानी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, २०२३’को तेस्रो सत्र डेभलपमेन्ट फाइनान्सिङ इन नेपालः इन्टुमेन्ट्र एण्ड स्कोप) कार्यक्रमका वक्ताले परम्परागत खालका फाइनान्सिङ मोडलभन्दा पनि ‘ब्लेन्डेड फाइनान्सिङ’(मिश्रित लगानी) लगानीको ढाँचा अपनाएर वैदेशिक लगानी आकर्षित गर्नुपर्ने बताएका छन् ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकका सस्टेनेवलिटि बोण्डका एमडी तथा डिसिएम राजिब सेठले परम्पगत फाइनान्सिङ मोडलभन्दा ‘ब्लेन्डेड फाइनान्सिङ खालको मोडल अपनाएर वैदेशिक लगानी भित्राउनुपर्ने बताए । ‘कुनै पनि मुलुकमा वैदेशिक लगानी भित्राउनको लागि स्थिर खालको नीति मात्रै होइन । स्वच्छ खालका वित्तीय संस्थाहरुको पनि आवश्यकता पर्दछ,’ उनले भने‘सरकारले सहज खालको नीति बनाएर प्रवद्र्धन गर्ने खालको नीति अगिंकार गरेको खण्डमा मात्रै वैदेशिक लगानी भित्राउन सकिन्छ ।’

सेठले कुनै पनि लगानीकर्ताले लगानी गरिसकेपनि सहजै रुपमा प्रतिफल पनि आफ्नो देशमा फिर्ता लैजान पाउने व्यवस्था गर्नुपर्ने बताए । ‘बंगलादेशले छोटा समयमा नै विदेशी लगानी भित्राएर ठूलाठूला खालका पूर्वाधारहरुको विकास गरेको छ ।’ उनले भने‘ नेपालले पनि आवश्यक नीति तथा कानुन तर्जुमा गरेर वैदेशिक लगानी भित्राउनेतर्फ प्रयास गर्न जरुरी छ ।’

विजनेस अक्सिजन प्रालीका सिईओ सिद्धान्तराज पाण्डेले कार्यपत्र प्रस्तुत गर्दै नेपालले पनि इनोभेटिभ खालका फाइनान्सिङ मोडेल अपनाएर मुलुकमा वैदेशिक लगानी भित्राउनुपर्ने बताए । ‘अहिले संसारभरि नै ब्लेन्डेड फाइनान्सिङ मोडल निकै लोकप्रिय छ,’ उनले भने‘ब्लेन्डेड फाइनान्सिङ मोडेलमा कर्मर्शियल ऋण,स्वँपुजी र न्यून परिपूर्ति कोष (भीजिएफ) लगायतका मिश्रित खालको मोडल अपनाएर पनि पूर्वाधार निर्माणमा वैदेशिक लगानी ल्याउन सकिन्छ ।’

सिइओ पाण्डेले नेपाल जलवायू परिवर्तनको उच्च जोखिममा भएकाले पनि जलवायूपरिवर्तन/वातावरणमैत्री पूर्वाधार निर्माण गर्न आवश्यक हुने बताए ।‘अहिले विश्वव्यापी रुपमा जलवायू परिवर्तनमैत्री पूर्वाधार निर्माण गर्नका लागि ग्लोबल क्लाइमेट फण्डको व्यवस्था छ,’ उनले भने‘सरकारले त्यस्ता खालका पूर्वाधार निर्माणका लागि क्लाइमेट बोण्डबाट रकम ल्याएर पनि विकास निर्माणको काम गर्न सक्नेछ ।’

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेले नेपालको वैदेशिक लगानी सम्बन्धित कानुन दक्षिण एसियालीमुलकको तुलनामा लचिलो र राम्रो खालको भएकाले अन्तराष्ट्रिय लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न अनुरोध गरे । ‘हामीले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन समय सापेक्ष रुपमा तयार पारेका छौं,’ उनले भने‘ विदेशी लगानीकर्ताले नेपालमा ढुक्क भएर लगानी गर्न अनुरोध गर्दछु,’ उनले भने‘ नेपालमा वैदेशिक लगानी गर्ने लगानीकर्ताले आफ्नो देशमा सहजै रुपमा रकम फिर्ता लैजान सक्ने खालको पनि प्रावधान रहेको छ ।’

अर्थमन्त्रालयका सहसचिव सुमन दाहालले नेपालमा विकास निर्माणको काम गर्नका लागि ठूलो स्रोतको अभाव रहेको बताउँदै अन्तराष्ट्रिय मञ्चहरुबाट स्रोतहरुको व्यवस्थापन गर्नुपर्ने बताए ।‘हामीसँग पर्याप्त मात्रामा विकास निर्माण गर्नका लागि स्रोतको अभाव कायमै छ,’ उनले भने‘ग्रिन क्लाइमेट फण्ड, इनर्जी बोण्ड लगायतका स्रोतको व्यवस्थापन गरेर लगानी भित्राउनुपर्ने आवश्यकता छ ।’

सरकारले पछिल्लो समय हेजिङ सम्बन्धित नीति पनि तयार पारेकाले वैदेशिक लगानीकर्ताहरु ढुक्क भएर लगानी गर्न अनुरोध गर्दछु,’ उनले भने‘हामीले लगानी व्यवस्थापनसँग सम्बन्धित इनोभेटिभ खालका मोडल अपनाएर लगानी आकर्षित गर्नुपर्ने बेला भइसकेको छ ।’ सहसचिव दाहालले सरकारले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा पर्याप्त मात्रामा राजश्व संकलन गर्न नसकेकाले विकास निर्माणको काम पनि प्रभावित हुने भएकाले विदेशी लगानीलाई आकर्षित गर्नुपर्ने बताए ।

अर्थशास्त्री कल्पना खनाल नेपालले अन्तराष्ट्रिय मञ्चमा गरेका प्रतिवद्धतालाई अक्षरंश पालना गरेको खण्डमा विदेशीमुलुकबाट विभिन्न स्रोत व्यवस्थापन गर्न सकिने बताए ।‘नेपालले पेरिस सम्झौता,दिगोविकास लक्ष्य लगायतका अन्तराष्ट्रिय मञ्चमा गरेका प्रतिवद्धता अनुसार काम गरेको खण्डमा मुलुकमा स्रोत व्यवस्थापनमा समस्या हुदैंन,’ उनले भनिन‘वैकल्पिक स्रोतहरुको खोजी गरेर पनि विभिन्न खालका पूर्वाधारमा लगानी जुटाउन सकिन्छ ।’ अर्थशास्त्री खनालले नेपालले जलवायू परिवर्तनसँग सम्बन्धित मुद्दाहरु अन्तराष्ट्रिय मञ्चमा प्रस्तुत गरेर क्लाइमेन्ट फण्डसँग सम्बन्धित बजेट ल्याउन सकिने धारणा व्यक्त गरिन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मर्रासिनीले नेपाल सरकारसँग सीमित स्रोतसाधन भएकाले पनि वैदेशिक लगानी भित्राएर मुलुकमा विकास निर्माणको कामलाई अघि बढाउनुपर्ने बताए ।‘हामीसँग निकै कम स्रोतसाधन रहेका छन् ।त्यसैले सरकार एक्लैले सबै काम गर्न पनि सम्भव हुदैंन,’ उनले भने ‘सरकारले निजी तथा वैदेशिक लगानीलाई आकर्षित गरेर विकास निर्माणको कामलाई अघि बढाउन जरुरी देखिन्छ ।’


Read Previous

विदेशी लगानीप्रतिको धारणा सकारात्मक बनाउनु आवश्यक: विज्ञ

Read Next

‘समेट्नैपर्ने’ विद्युत व्यापार नेपाल शंसोधन विधेयकमा अटेन, प्रवर्द्धक भन्छन्,‘सरकार संवेदनहीन देखियो’

Leave a Reply

Your email address will not be published.