Nepal Purbadhar

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024
सरकारकाे नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्याइने    पूर्वाधार विकासमा अन्तरतह तथा अन्तर निकाय समन्वय सुनिश्चित गरिने    आर्थिक वर्ष २०८१/८१ काे नीति तथा कार्यक्रमः बूढीगण्डकी र नलगाड जलविद्युत् आयोजनाको निर्माण सुरु थालिने   सरकारकाे नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने    १० महिनामा ६० प्रतिशत बजेट खर्च, पुँजीगत खर्च ३७.०४ प्रतिशत मात्रै भूकम्पले क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न ६३ अर्ब ५८ करोड रुपैयाँ चाहिने   राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने

आँबुखैरेनी खण्डमा ७ किलाेमिटर सडक कालोपत्रको तयारी   


दमौली। मुग्लिन-पेखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा ७ किलोमिटर सडक कालोपत्र हुने भएकाे छ ।  मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) ले आँबुखैरेनीतर्फबाट ७ किलोमिटर सडक कालोपत्रको तयारी गरेको हो ।

सडक योजनाका पूर्वी खण्ड प्रमुख नरेन्द्र सुवेदीका अनुसार चालु आर्थिक वर्षभित्रै ७ किलोमिटर सडक खण्ड कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ । “यो खण्डमा विद्युत् पोल स्थानान्तरण नहुँदा काममा केही समस्या आएको थियो, विद्युत् पोल हटाउँदै गइएको छ”, सुवेदीले भने, “सबै पोल स्थानान्तरण भइसकेको छैन । तर, हटाउने काम जारी छ ।”

विविध कारणले सडक कालोपत्रको काम ढिलाइ भएको बताउँदै सुवेदीले १० दिनभित्र कालोपत्रको काम सुरु हुने जानकारी दिए ।   “जहाँसम्म लाग्छ १० दिनभित्र काम सुरु हुन्छ । कालोपत्रको ट्रायल भइसक्यो, कालोपत्र सडकलाई छुवाइसक्यौं” उनले भने । उनका अनुसार सडक कालोपत्रेको परीक्षण भइसकेको छ ।

आँबुखैरेनीदेखि जामुनेसम्मको उक्त खण्डमा अहिले सडक विस्तार, पुल र कल्भर्ट निर्माणको काम भइरहेको छ । हालसम्मको उक्त खण्डको भौतिक प्रगति २२.५ प्रतिशत रहेको सुवेदीले बताए । पूर्वी खण्डको कामका लागि २०७७ माघ १७ गते सम्झौता भई २०७८ बैशाख २ गतेदेखि काम सुरु भएको थियो ।

४१.४५ किलाेमिटर यो खण्डमा ३ ठूला र ४ साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद २०८१ बैशाखसम्म रहेको छ ।

सडक चौडा पार्ने क्रममा निस्किएका निर्माण सामग्रीमा स्थानीय तहबाट रोयल्टी माग भएको साथै निर्माण सामग्री ढुवानी गर्दा प्रत्येक स्थानीय तहलाई ढुवानी शुल्क तिर्नुपर्ने अवस्था रहँदा आयोजनाको काममा केही समय ढिलाइ भएको थियो । तर, अहिले उक्त समस्या समाधान भएको बताइएको छ ।

२०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक ४ लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँ रहेको योजनाले जनाएको छ ।


Read Previous

ठूला जलविद्युत आयोजना निर्माणमा लगानी जुटाउन धौ धौ

Read Next

सरकारकै बेवास्ताले हुन सकेन विद्युत प्राधिकरणको खण्डिकरण

Leave a Reply

Your email address will not be published.