Nepal Purbadhar

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

विद्युतीय सवारीमा २५ अर्बको विद्युत खपतले ४ खर्बको पेट्रोलियम आयात प्रतिस्थापन हुन्छ: कुलमान


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनमा २५ अर्ब रुपैयाँ बराबरको विद्युत खपत हुँदा पेट्रोलियम आयात पूर्णरूपमा प्रतिस्थापन गर्न सकिने बताएका छन् । सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सिन) को २८औं वार्षिकोत्सव समारोहका अवसरमा मंगलबार आयोजित ‘नेपालमा विद्युतीय सवारीको सम्भावना, चुनौती र अवसर’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

लागतका हिसाबले विद्युतीय सवारी पेट्रोलियम सवारीको तुलनामा १५ गुणा सस्तो हुने बताउँदै उनले सबै सवारी साधन विद्युतीयमा रुपान्तरण गरी चार्ज गरेर सञ्चालन गर्दा वार्षिक ४ खर्बको पेट्रोलियम आयात पूर्णरूपमा प्रतिस्थापन गर्न सकिने बताए । ‘विद्युतीय सवारी प्रवर्द्धन हुँदा पेट्रोलियम आयात गर्दा विदेशिने मुद्रा जोगाउनका लागि विद्युत प्राधिकरणले चार्जिङ स्टेसनका लागि आवश्यक पूर्वाधार निर्माणमा लगानी गरिरहेको छ,’ उनले भने, ‘निजी क्षेत्रले बनाउने चार्जिङ स्टेसनका लागि तत्कालै विद्युतीय संरचना र ट्रान्सफर्मर उपलब्ध गराउँदै आएका छौं ।’

उनले प्राधिकरणले विद्युतीय सवारी प्रवर्द्धनकै लागि देशभरका विभिन्न स्थानमा ५१ वटा तीव्र गतिका चार्जिङ स्टेसन निर्माण गरेपछि अहिले निजी क्षेत्रले पनि १ सय भन्दा बढी चार्जिङ स्टेसन बनाइसकेको बताए । उनले प्राधिकरणका लागि निजी क्षेत्रले निर्माण गर्ने चार्जिङ स्टेसनका लागि विद्युतीय पूर्वाधार बनाइदिँदा लागत महंगो पर्ने भए पनि विद्युतीय सवारी प्रवर्द्धन गरी आन्तरिक विद्युत खपत बढाउन यस्तो कदम चालिरहेको बताए ।

विद्युतीय सवारी साधनप्रति सर्वसाधारणको समेत आकर्षण बढोस भन्ने उद्देश्यले प्राधिकरणले अहिलेसम्म ६० वटा विद्युतीय सवारी साधन खरिद गरिसकेको र भविश्यमा सबै विद्युतीय मात्रै खरिद गर्ने पनि उनले बताए ।आन्तरिक विद्युत खपत बढाउन विद्युतीय सवारीसँगै हरित हाइड्रोजन इन्धन उत्पादनमा पनि जाने बेला आएको उनको भनाइ छ ।

उनले प्राधिकरणले हरित हाइड्रोजन इन्धन प्रवद्र्धन गर्न ‘हाइडोजन फ्युल स्टेसन’ निर्माण गर्ने सम्भावनाबारे अध्ययन भइरहेको बताए । ‘प्रधानमन्त्रीले हालै हरित हाइड्राजन इन्धनबाट चल्ने सवारी साधन चढ्ने घोषणा सार्वजनिक कार्यक्रममा गर्नुभएको सुनियो । हाम्रो विद्युत जडित क्षमता २६ सय मेगावाट हाराहारी पु्गिसकेको र चालू आर्थिक वर्ष सकिँदा ३ हजार मेगावाट हाराहारी पुग्न हुँदा हरित हाइड्रोजन फ्युल स्टेसन स्थापना गर्न पाइलट प्रोजेक्टको रूपमा लैजान प्राधिकरण तयार छ’ उनले भने ।

हरित हाइड्रोजनलाई इन्धनको रूपमा उपयोगमा ल्याउन सकिएमा नेपालको पानी सबै प्रकारका इन्धनको स्रोत हुने उनले बताए । प्राधिकरणको प्राथमिकता आन्तरिक विद्युत खपत बढाउनु नै रहेको र खपत हुन नसकेर खेर जाने अवस्थाको विद्युत मात्रै निर्यात गरिने पनि उनले बताए ।


Read Previous

नारायणगढ–बुटवल सडक धमाधम कालोपत्रे

Read Next

विद्युत खपत बढाउन विद्युतीय सवारी प्रवर्द्धनसँगै पूर्वाधारमा लगानी बढाउन आवश्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *