Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
सालझण्डी-ढोरपाटन सडक निर्माणले गति लिन सकेन झापाकाे मेचीनगरमा ३ खानेपानी आयोजना सम्पन्न मुग्लिन-पोखरा सडकका ४ ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइने बेँसीसहर-खुदी सडक कालोपत्र सकियाे   कन्सियस इनर्जी र ऊर्जा डेभलपर्सले ग्रीन हाइड्रोजन उत्पादनका लागि लगानी प्रवर्द्धनमा सहकार्य गर्ने विद्युत् विधेयक लगानीमैत्री बनाउन प्रवर्द्धककाे माग,प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश दिन्छाैंः सभापति सिंह सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल

माथिल्लो त्रिशूली-१ को भौतिक प्रगति १४ प्रतिशत,नदी फर्काउने सुरुङ पूरा भएपछि बाँधकाे निर्माण सुरु


काठमाडौं । रसुवामा निर्माणधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको नदी फर्काउने (डाइभर्सन ) सुरुङको निर्माण पूरा भएको छ । जिल्लाको आमाछोदिङमो गाउँपालिका–१ हाकुमा आयोजनाको बाँध निर्माण गर्न स्थान खाली गराउनका लागि पानी पुनः नदीमै छोड्नका लागि बनाइएको ४२० मिटर लामो र ५ मिटर व्यास भएको पूर्ण कंक्रिट लाइनिङ डाइभर्सन सुरुङ तयार भएको हो ।

डाइभर्सन सुरुङ पूरा भएसँगै मंगलबार (फागुन १६ गते) बाट आयोजनाको बाँध क्षेत्रका संरचनाको निर्माण सुरु भएको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्मेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत ताइ हक युन (Tae Hak Yoon) ले बताए । उनले डाइभर्सन सुरुङ पूरा भई आयोजनाको बाँध क्षेत्रको काम सुरु हुनु ठूलो उपलब्धी भएको बताए ।

२०७८ साल पुसबाट निर्माण सुरु भएको आयोजनाको भौतिक प्रगति करिब १४ पुगेको उनले जानकारी दिए । जसमा आयोजनाको कूल सुरुङ मध्ये साढे ४ किलोमिटर खनेर सकिएको छ ।

‘हामीले सुरुङ निर्माणको कामलाई तीव्रता दिएर काम गरिरहेका थियौं,’ उनले भने,‘डाइभर्सन सुरुङ पूरा भएपछि बाँध क्षेत्रको संरचना निर्माणको काम पनि सुरु गर्न सफल भएका छौं ।’ आयोजनाको प्रवेश, मुख्य र निकास गरी कूल १३.५ किलोमिटर लामो सुरुङ खन्नुपर्छ ।

आयोजनाको भूमिगत विद्युतगृह खन्ने कार्य पनि करिब २१ प्रतिशत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । आयोजना निर्माणमा अहिले करिब ७ सय कामदार परिचालित छन् । यी मध्ये करिब ३ सय जना रसुवाका स्थानीय बासिन्दा छन् ।

आयोजनामा इन्जिनियरिङ, खरिद र निर्माण (Engineering, Procurement and Construction-EPC) मोडलमा कोरियन कम्पनी डुसान (Doosan Heavy Industries and Construction) ले काम गरिरहेको छ । यो आयोजना प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण भइरहेको छ । यो नै नेपालमै विद्युत खपत हुने गरी प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन अहिलेसम्मको ठूलो जलविद्युत आयोजना हो ।

आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन (Korea South East Power Company Limited-KOEN), विश्व बैक समूह अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम -International Finance Cooperation-IFC) लगायतको सेयर लगानी छ ।

आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी (इक्विटी) लगानी जुटाउने गरी वित्तीय स्रोतको व्यवस्थापन गरिएको छ । ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको व्याजसहित) लागत अनुमान गरिएको आयोजनामा ९ अन्तराष्ट्रिय वित्तीय संस्थाहरूले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम स्वपुँजी (इक्विटी) बाट जुटाइएको छ ।

आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक १ अर्ब ५३ करोड ३१ लाख युनिट विद्युत उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन हुने कूल वार्षिक ऊर्जामध्ये सुख्खा याममा ३८.७५ प्रतिशत र बर्खामा ६१.२५ प्रतिशत उत्पादन गर्न सकिनेछ ।

आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३ बी हब सबस्टेसनमा मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।
काठमाडौं लोडसेन्टरबाट नजिक रहेको र विद्युतको अध्याधिक माग हुने हिउँदमासमेत १०४ मेगावाट विद्युत प्राप्त हुने भएकाले मुलुकको विद्युत प्रणालीका लागि यो आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ । आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर (फार्म) विद्युत प्राप्त हुनेछ । आयोजनाको निर्माण २०८३ को मंसिर ९म्भअझदभच द्दण्द्दट०भित्र सम्पन्न गर्ने लक्ष्य छ ।


Read Previous

गौतमबुद्ध विमानस्थलमा जजीराले फागुन २५ देखि पुनः उडान गर्ने घोषणा

Read Next

माथिल्लाे त्रिशूली-१ जलविद्युत आयाेजनाः फाेटाे फिचर

Leave a Reply

Your email address will not be published.