Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित    लगानी सम्मेलनमा २० परियोजनामा आशयपत्र आह्वान गरिँदै    १५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन सुरु हुँदै   

घरेलु तथा साना उद्यममा नवीकरणीय ऊर्जाको उपयोग बढाउनु पर्नेमा जोड


काठमाडौं ।घरेलु तथा साना उद्यमलाई परम्परागत ऊर्जाको स्रोतबाट अलग गरी नवीरकणीय ऊर्जासँग जोड्नु पर्ने सुझाव सरोकारवालाहरूले दिएका छन् । राजधानीको भृकुटीमण्डपमा जारी १६औं अन्तर्राष्ट्रिय व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा आयोजित ‘उद्यमका लागि नवीकरणीय ऊर्जा’ विषयक अन्तरक्रियामा सहभागी सरोकारवालाहरूले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कामु कार्यकारी निर्देशक नवराज ढकालले परम्परागत र आयातित ऊर्जा प्रतिस्थापन गर्न घरेलु तथा साना उद्यममा नवीकरणीय ऊर्जाको उपयोग बढाउनु पर्ने बेला आएको बताए । उनले केन्द्रको मुख्य भूमिका नै राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच नपुगेको दुर्गम गाउँमा नवीकरणीय ऊर्जाको स्रोतबाट विद्युतीकरण गर्नु रहेको हुँदा यसले उद्यमशीलतालाई पनि योगदान पुगिरहेको बताए ।

उनले नवीकरणीय ऊर्जाको उपयोग गर्दा अब ऊर्जा दक्षताको कुरामा पनि ध्यान पुर्याउनु पर्ने बताए । ‘घरेलु तथा साना उद्योगमा कम ऊर्जा खपत हुने प्रविधिको उपयोग गर्नुपर्छ,’ उनले भने, ‘यो वातावरणमैत्री हुनुका साथै उत्पादन लागत कम हुन गई उद्यमबाट बढी मुनाफा आर्जन गर्न सकिन्छ । र आयात प्रतिस्थापन भई आत्मनिर्भर समेत बन्न सकिन्छ’ उनले केन्द्रले पनि दुर्गम ग्रामीण भेटमा नवीकरणीय ऊर्जाको स्रोतबाट विद्युतीकरण गर्दा उत्पादनशीलतालाई हेर्ने गरेको बताए ।

एनएमबी बैंकको दीगो बैंकिङ विभाग प्रमुख दिनेश दुलालले ऊर्जा माथिको बढ्दो परनिर्भरता कम गर्न घरेलु तथा साना उद्योगहरू अब नवीकरणीय ऊर्जामा जानु पर्नेमा जोड दिए । उनले घरेलु तथा साना उद्योगको उत्पादन आयातित वस्तु र सेवाभन्दा सस्तो बनाउन बनाउन लागत घटाउनु पर्ने बताए ।

उनले परम्परागत ऊर्जा प्रतिस्थापन गरी नवीकरणीय ऊर्जाको उपयोग गरेर उत्पादन लागत घटाई प्रतिस्पर्धा गर्न सक्ने सम्भावना रहेको बताए । ‘अहिले परम्परागत ऊर्जाको उपयोग गरिरहेकाले एकै पटक नवीकरणीय ऊर्जामा जान उद्यमीहरूलाई समस्या जस्तो लागेको हुनसक्छ । तर, नवीकरणीय ऊर्जाको उपयोगले जलवायु परिवर्तनको असर न्युनिकरणमा योगदान पुग्नुका साथै आयातित ऊर्जा प्रतिस्थापन हुनेछ’ उनले भने । उनले एनएमबी बैंकले पनि नवीकरणीय ऊर्जा र घरेलु तथा साना उद्योगहरूमा लगानी गरिरहेको बताए ।

नवीकरणीय ऊर्जा परिसंघका अध्यक्ष गुणराज ढकालले सौर्य ऊर्जा प्रविधिबाट खेत बारी सिँचाइ गरी कृषि जन्य उद्यमलाई नवीकरणीय ऊर्जा मैत्री बनाउन सकिने बताए । उनले देशभरका नगरपालिकाबाट उत्पादन हुने फोहोरबाट ऊर्जा उत्पादन गरी घरेलु तथा साना उद्यममा उपयोग गर्न सकिने विकल्प पनि रहेको बताए । हरेक घरको भान्छामा उपयोग हुने आयातित एपी ग्यासलाई बायोग्यास प्रविधिबाट प्रतिस्थापन गर्न सकिने बताए ।

प्राक्टिकल एक्सनकी पूजा शर्माले घरेलु तथा साना उद्योगलाई नवीकरणीय ऊर्जासँग जोड्न प्रविधि पहुँचको कमी रहेको बताइन् । उनले विद्युत उपयोग गर्ने घरेलु तथा साना उद्योगमा पनि गुणस्तरहिन उपकरण उपयोग भइरहेकाले समस्या आउने हुँदा उद्यमीमा निराशा आउने गरेको बताइन् । आफ्नो संस्थाले नवीकरणीय ऊर्जा र कृषि उद्यमलाई एकसाथ जोडेर काम गरिरहेको पनि उनले बताइन् ।

घरेलु तथा साना उद्योग संघका उपाध्यक्ष सत्यनारायण कक्षपतिले उद्यममा नवीकरणीय ऊर्जाको उपयोग महंगो भएको गुनासो गरे । उनले सहरी क्षेत्रमा गुणस्तरीय विद्युत सेवा उपलब्ध हुने हुँदा अवस्था सहज भए पनि काठमाडौं उपत्यका र देशका ठूला सहर बाहिरको विद्युतको गुणस्तर राम्रो नहुने हुँदा घरेलु तथा साना उद्योगहरूले नवीकरणीय ऊर्जाको उपयोग गर्न नसकेकाले परम्परागत ऊर्जामा निर्भर हुनुपरेको बताए ।


Read Previous

नियम बनाउँदा सरोकारवालासँग छलफल गरियो भने मात्र खोजेको नतिजा प्राप्त हुन्छ: वरिष्ठ उपाध्यक्ष ढकाल

Read Next

पर्यटकको रोजाइमा ‘बेलढुंगा’

Leave a Reply

Your email address will not be published.