Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
कन्सियस इनर्जी र ऊर्जा डेभलपर्सले ग्रीन हाइड्रोजन उत्पादनका लागि लगानी प्रवर्द्धनमा सहकार्य गर्ने विद्युत् विधेयक लगानीमैत्री बनाउन प्रवर्द्धककाे माग,प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश दिन्छाैंः सभापति सिंह सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’ भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने    राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने

आयल निगममा २० वर्ष सेवा गरेका कर्मचारी दीर्घसेवा पदकबाट सम्मानित


काठमाडौं । नेपाल आयल निगमले २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई दीर्घसेवा पदकबाट सम्मान गरेको छ । निगमले ५३औं वार्षिकोत्सवको अवसर पारी मंगलबार १२ जना कर्मचारीलाई दीर्घसेवा पदकबाट सम्मान गरेको हो । निगमको टेकुस्थित कार्यालयमा आयोजित कार्यक्रममा लामो समय निरन्तर सेवामा रहेका कर्मचारीलाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं निगम सञ्चालक समितिका अध्ययन मधुकुमार मरासिनीले कर्मचारीलाई कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरे । दीर्घसेवा पदकबाट सम्मानित हुने कर्मचारीमा सुरज शाह, विनितमणि उपाध्याय, पर्शुराम अधिकारी, ध्रुवकुमार निरौला, नन्दराज खत्री छन् । श्यामकुमार श्रेष्ठ, वीरेन्द्रकुमार काब्री, विश्वराज बख्रेल पनि दीर्घसेवा पदकबाट सम्मानित भएका छन् ।

यस्तै, दीर्घसेवा पदक पाउने अन्य कर्मचारीमा सुवर्णकुमार सुवाल, कैशालबहादुर अधिकारी र तोयानाथ ढुंगेल छन् । अघिल्लो आर्थिक वर्षमा कोभिड–१९ महामारीका कारण निगमको वार्षिकोत्सव कार्यक्रम आयोजना हुन नसकेको हुँदा यो बेला दीर्घसेवा पदक लिन नपाएका ३ जना कर्मचारीलाई पनि मंगलबार नै पदकबाट सम्मान गरिएको छ ।

निगमले अघिल्लो आर्थिक वर्षमा दीर्घसेवा पदकका लागि नाम छनोट भएका सनम कार्की, नवराज पोखरेल र सुजित पोखरेललाई मंगलबार नै कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरेको छ । यस्तै, निगमका संस्थापक प्रबन्ध निर्देशक सुवर्णविक्रम थापाको स्मृतिमा स्थापित ‘सुवर्ण स्मृति’ पुरस्कार तुलसीनारायण छुबाजुलाई प्रदान गरिएको छ ।

निगमको सेवामा रही उत्कृष्ट कार्य सम्पादन गरेको कदर स्वरूप उनलाई यो पुरस्कार दिइएको हो । पुरस्कारको राशी ५१ हजार रुपैयाँ छ । निगमको विभिन्न डिपोमा रही सेवा प्रवाह गरेका ५ जना कर्मचारीलाई पनि २५ हजार रुपैयाँ राशीको पुरस्कार दिइएको छ ।

पुरस्कार पाउनेमा अर्थ विभागका उपप्रबन्धक डिल्लीराम तिवारी, मधेश प्रदेश कार्यालय अमलेखगञ्जका इन्जिनियर ऋषिराम शर्मा, बरिष्ठ सहायक शाखा कार्यालय चारआलीका शालिक बुढाथोकी, नेपालगञ्ज हवाई इन्धन डिपोका बरिष्ठ सहायक सरद श्रेष्ठ र विराटनगर प्रादेशिक कार्यालयका बरिष्ठ सहायक सीताराम चौधरी छन् ।

वार्षिकोत्सव कार्यक्रममा खेलकुद प्रतियोगिता एवं साहित्यिक कार्यक्रमका विजेता कर्मचारीलाई पनि पुरस्कार वितरण गरिएकाे थियाे ।


Read Previous

सन् २०२२ मा मंगोलियामा दुई लाख ९० हजारबढी विदेशी पर्यटक भित्रिए

Read Next

पेट्रोल पम्पलाई स्वचालित र गुणस्तरीय बनाउन व्यवसायीलाई सचिव मरासिनीको आग्रह

Leave a Reply

Your email address will not be published.