Nepal Purbadhar

सन् २०२२ मा मंगोलियामा दुई लाख ९० हजारबढी विदेशी पर्यटक भित्रिए


उलान बातोर । मंगोलियाले सन् २०२२ मा कुल दुई लाख ९० हजार चार सय विदेशी पर्यटकलाई स्वागत गरेको छ। पर्यटन क्षेत्रबाट ३५ करोड अमेरिकी डलर आम्दानी गरेको वातावरण तथा पर्यटन मन्त्रालयले मङ्गलबार जनाएको छ।

सन् २०२१ कोभिड–१९ को महामारीका कारण मंगोलियामा विदेशी आगन्तुक आगमनको सङ्ख्या मा ३३ हजार मात्रै घटेको पनि मन्त्रालयले जनाएको छ। मंगोलियाले महामारीबाट प्रभावित पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न विभिन्न उपायहरू गरिरहेको मन्त्रालयले थप जानकारी दिएको छ।

विशेष गरी सरकारले हालै ३४ देशका नागरिकलाई सन् २०२५ को अन्त्यसम्म ३० दिनसम्मको भिसामा छुट दिने निर्णय गरेको छ। मंगोलियाले सन् २०२३ र २०२४ लाई ‘मंगोलिया भ्रमण गर्ने वर्ष’ को रूपमा घोषणा गरेको छ र पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न सन् २०२३ मा ९० भन्दा बढी कार्यक्रमहरू आयोजना गर्ने अपेक्षा गरिएको छ। यसवर्ष कम्तीमा १० लाख विदेशी पर्यटकलाई स्वागत गर्ने र एक करोड आम्दानी गर्ने लक्ष्य मुलुकको रहेको बताइएको छ ।


Read Previous

६ वर्षमा पनि सकिएन नख्खु–बुङमती सडक

Read Next

आयल निगममा २० वर्ष सेवा गरेका कर्मचारी दीर्घसेवा पदकबाट सम्मानित