Nepal Purbadhar

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

ठमेल क्षेत्रबाट विद्युती पोलमा गुजुल्टिएको ४८ ट्रक तार तथा उपकरण निकालियो


काठमाडौं । पर्यटकीय क्षेत्र ठमेलमा विद्युतीय पोलमा अव्ववस्थितरूपमा गुजुल्टिएका ४८ ट्रक केबल टेलिभिजन, इन्नटरनेट, टेलिफोनका तार तथा उपकरणहरू निकालिएको छ । ठमेल पर्यटन विकास परिषदको सक्रियता, नेपाल विद्युत प्राधिकरण र केबल तथा इन्टरनेट सेवा प्रदायकहरूको समेत सहभागितामा विद्युतीय पोलमा टाँगिएका अव्यवस्थित एवं काम नलाग्ने तार तथा उपकरणहरु निकालिएको हाे ।

तत्कालका लागि नाङ्गो विद्युतको तार फेर्ने, बाङ्गो र मक्किएका पोल हटाएर नयाँ पोल राखी पर्यटकीय क्षेत्र ठमेललाई सफा र सुन्दर बनाउने अभियान चलाइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनले विद्युतीय पोलमा झुन्डिएका, लत्रिएका तार र उपकरणको फोहोर निकाल्ने काम तीव्र पारेको बताए ।

‘अव्यवस्थित तारको गुजुल्टोको कारण सहर कुरुप बनेको छ । कहीं आगलागी भई धनजनको क्षति भएको छ’, उनले भने, ‘यसबाट हाम्रो सेवा प्रवाह पनि प्रभावित भएको छ ।’ उनले सहरको सौन्दर्यता कायम गरी गर्न विद्युतीय दुर्घटना न्यूनिकरण गर्न सेवा प्रदायकका छुट्टै मापदण्ड तयार गरी व्यवस्थापन गर्ने पनि बताए । उनले मुख्य सहरी क्षेत्रको सौन्दर्यता कायम गर्न अव्यस्थित तार व्यवस्थित बनाउने काम देशभरी नै सञ्चालन गरिरहेको बताए ।

कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्मालगायत सम्मिलित उच्चस्तरीय टोलीले बुधबार ठमेल क्षेत्रमा तार व्यवस्थापनका लागि भइरहेको कामको अनुगमन गरेको छ ।

प्राधिकरणले ठमेल क्षेत्रलाई सुन्दर बनाउन अव्यवस्थित तार हटाउने र व्यवस्थापन गर्ने काम अभियानकै रूपमा सुरु गरेको छ । विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएका तर, प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइवर, केबल पोलमा जथाभावी झुण्डयाइएका उपकरणहरूका कारण पर्यटकीय क्षेत्र ठमेल कुरुप देखिन्छ ।

पर्यटकले समेत विद्युतीय पोलमा गुजुल्टो परेका तारको फोटो खिचेर सामाजिक सञ्जालनमा राख्न थालेपछि यसको व्यवस्थापनमा सम्बन्धित निकायको ध्यान गएको हो । गत कात्तिकमा आगलागी लगायत विद्युतीय दुर्घटना न्यूनीकरण गरी भरपर्दो विद्युत सेवा उपलब्ध गराउन र सहरी सुन्दरता समेत कायम राख्न दूरसञ्चार, केबल टिभि र इन्टरनेट सेवा प्रदायकहरुलाई आफ्नो संरचना निर्माण/व्यवस्थापन गर्न ४५ दिने समयसीमा दिएको थियो ।

त्यसै अन्तर्गत अहिले पहिलो चरणमा ठमेल क्षेत्रका अव्यवस्थित तार तथा उपकरणहरू हटाउन सुरु गरिएको प्राधिकरणले जनाएको छ । काठमाडौं उपत्यका, पोखरा र भरतपुरमा विद्युतीय संरचनालाई भूमिगत बनाउने काम भइरहेको घिसिङले बताए । प्राधिकरणले सेवा प्रदायकलाई राउटर, अप्टिकल फाइबर वितरण बक्स जस्ता उपकरणहरू पोलको एउटै मात्र भागमा क्रमैसँग मिलाएर नझर्ने, नहल्लिने गरी क्लिप प्रयोग गरेर वाइरिङ गर्न भनेको छ । साथै, प्रयोगमा नरहेका तार र अन्य उपकरणहरू तत्काल हटाउन भनिएको छ ।

विद्युतीय पोलमा लुप बनाएर राखिएका तार तत्काल हटाउने र नयाँ तारहरु तान्दा समेत अतिरिक्त लम्बाईका लुप बनाएर पोलमा झुण्डाउन नपाउने व्यवस्था गरिएको छ । सेवा प्रदायकहरूले आफ्नो तार सजिलोसँग छुट्टयाउन सक्ने गरी प्रत्येक पोलमा केबल ट्याग लगाउनु पर्नेछ । पोलमा जडित उपकरणहरूमा समेत मार्किङ गर्नु पर्ने मापदण्ड प्राधिकरणले तोकेको छ ।

सम्भव भएसम्म धेरै कोर भएको केवल तानी बहुसंख्यक सेवा प्रदायकले सहप्रयोग गर्ने गरी सेवा विस्तार गर्नु पर्नेछ । तार सडक वारपार तान्न रोक लगाइएको छ भने तानिएका केवल हटाउनु भनिएको प्राधिकरणले जनाएको छ ।


Read Previous

काम नगर्ने निर्माण कम्पनीलाई जरिवाना तिराएर कारबाही

Read Next

बागलुङका ग्रामीण क्षेत्रकाे विद्युतीकरण लघु जलविद्युतकाे भरमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *