Nepal Purbadhar

डाेल्पाकाे त्रिवेणीदेखि इलसम्मकाे सडक जगदुल्ला जलविद्युत् कम्पनीले निर्माण गर्ने, स्थानीय खुसी


जाजरकाेट । भेरी करिडोरभित्र पर्ने तीन जिल्लाको सिमाना रहेको त्रिवेणीबाट डोल्पाको मुड्केचुला गाउँपालिकाको इलसम्म सडक निर्माणको प्रक्रिया सुरु भएको छ ।
जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले उक्त सडक निर्माण गर्नका लागि बोलपत्र आह्वान गरेको छ । जगदुल्ला जलविद्युत् आयोजनाकै अग्रसरतामा उक्त सडक निर्माणका लागि पहल थालिएको हो । यो सडक भालुलेक हुँदै जुम्ला जोड्नका लागि पनि उपयुक्त मार्ग छ ।

डोल्पाको त्रिवेणी–नर्कु–सर्मी हुँदै भालुलेकसम्मको १६ किलोमिटर सडक निर्माण गर्नका लागि भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय कर्णाली प्रदेशले प्रारम्भिक वातावरणीय परीक्षण (आइई) स्वीकृत भएसँगै सडक निर्माणका लागि जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले आज बोलपत्र आह्वान गरी कामको प्रक्रिया सुरु गरेको कम्पनीका प्रोजेक्ट म्यानेजर सञ्जय सापकोटाले जानकारी दिए ।

भेरी करिडोरले जिल्लाको सिमानालाई छोएर जाने भए पनि मुड्केचुला गाउँपालिकाका विभिन्न ठाउँमा सडक निर्माणमा समस्या हुँदै आएको थियो । अब जलविद्युत् आयोजनाले नै काममा सक्रियता देखाएपछि यहाँका सर्वसाधारणहरु खुसी भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।

जुम्लाबाट मुड्केचुलातिरका केही गाउँबस्तीमा सडकले गति लिएको भए पनि तल्लो क्षेत्रमा रोकिएको सडक निर्माणले अब तीव्रता पाउने भएको छ । त्रिवेणी जुम्ला सडक निर्माणपछि समग्र मुड्केचुलावासीले सुविधा मात्र लिने नभई जगदुल्ला हाइड्रोपावर निर्माणमा सहयोग पुग्ने जलविद्युत् आयोजनाका प्रोजेक्ट म्यानेजर सापकोटाले बताए ।

यता भेरी नदीमाथि निर्माण हुन लागेको तल्लुस्थित पुल निर्माण छिटो भएमा यहाँ निर्माणका लागि सामग्री आयातमा सहज हुने आयोजनाले बताएको छ । रासस

Facebook Comments

Read Previous

सुपरमाई प्रभावितका लागि सेयर बिक्री खुल्यो,वैदेशिक रोजगारीमा गएकालाई ५० हजार कित्ता

Read Next

बैरेनीमा १४ कराेड लगानी गरेर २६१ रोपनी क्षेत्रमा एकीकृत बस्ती योजना शुरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar