Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

नेपालमा विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र कसरी प्राप्त गर्ने ?

तस्बिरः राजन कुमार खत्री


नेपालमा विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र कसरी प्राप्त गर्ने भन्ने जिज्ञाशा छ वा प्राप्त गर्ने तरिकाबारे जानकारी प्राप्त गर्न खाेजिरहनुभएकाे छ भने याे जानकारी तपाइकाे लागि उपयुक्त  हुन सक्छ । विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र  प्राप्त गर्ने काम चार वटा चरणमा पूरा हुन्छ । ति यसप्रकार छनः

पहिलो चरण: दरखास्त पेश

१) विद्युत नियमावली, २०५० को अनुसूची २ बमोजिम तोकिएको ढाँचामा विद्युत विकास विभाग समक्ष दरखास्त दिनुपर्छ ।

२) विद्युत नियमावली, २०५० को नियम ४ मा उल्लेख भएअनुरुपका विवरण र सोही नियमावलीको अनुसूची –११ मा उल्लेख भएअनुरुपको अनुमतिपत्र दस्तुर दरखास्त साथ समावेश गर्नुपर्छ ।

दोस्रो चरण: आर्थिक तथा प्राविधिक क्षमताको विवरण

१) विद्युत ऐन, २०४९ र विद्युत नियमावली, २०५० मा उल्लेख भएका विवरणका अलावा विद्युत आयोजनाको अनुमतिपत्र सम्बन्धि निर्देशिका, २०७५ को दफा ७ मा उल्लेख भएका विवरण, दफा ८ मा उल्लेख भएका आर्थिक क्षमता वा हैसियत पुष्टी हुने विवरण र दफा ९ मा उल्लेख भएका प्राविधिक क्षमता सम्बन्धि विवरण विभागमा पेश गर्नुपर्छ ।

तेस्रो चरण: चेक जाँच

१) दोस्रो चरणसम्म उल्लेख भए अनुरुपका विवरण, कागजात र दस्तुर सहितको दरखास्त पेश भए पश्चात विभागमा तोकिएको पदाधिकारीबाट उक्त दरखास्त उपर चेकजाँच छानबिन हुनेछ ।

२) प्रवद्धकबाट पेश भएको दरखास्त साथमा पेश भएका विवरण कागजात दस्तुर अपुग बा हेरफेर गर्नुपर्ने भएमा सो पेश गर्न विद्युत आयोजनाको अनुमतिपत्र सम्बन्धि निर्देशिका, २०७५ को दफा १० बमोजिम थप समय प्रदान हुने तर विद्युत आयोजनाको अनुमतिपत्र सम्बन्धि निर्देशिका, २०७५ को दफा ११ बमोजिम भएमा दरखास्त उपर कारवाही नहुने व्यवस्था छ ।

चौथो चरण :अनुमतिपत्र प्रदान

१) नियमानुसार पेश गर्नुपर्ने विवरण र थप कागजात प्रवर्द्धकबाट पेश भएमा विद्युत आयोजनाको अनुमतिपत्र सम्बन्धि निर्देशिका, २०७५ को दफा १२ बमोजिम सामान्यतया दुई वर्ष अवधिका लागि विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र प्रदान गरिन्छ ।

स्राेतः विद्युत विकास विभाग


Read Previous

महासंघका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र राजस्व समितिका सभापति कर दिवसका अवसरमा सम्मानित

Read Next

सार्वजनिक निर्माणमा संलग्न धेरै कम्पनी कालोसूचीमा पर्छन्

Leave a Reply

Your email address will not be published.