Nepal Purbadhar

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

एमसीए नेपालले स्तरोन्नति गर्ने सडक खण्डको परामर्श सर्वेक्षण सम्पन्न, कालोपत्रेका लागि एफडिआर प्रविधि भित्राउने तयारी


काठमाडौं । एमसीए (मिलेनियम च्यालेञ्ज एकाउण्ट) नेपालले स्तरोन्नति गर्ने सडक खण्डको परामर्श सर्वेक्षण सम्पन्न भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङ जिल्लामा पर्ने धानखोला–शिवखोला खण्डको कुल ७७ किलोमिटर लम्बाई रहेको छ । त्यस क्षेत्रमा पर्ने सर्वेक्षण र स्थानीयसँग परामर्श सम्पन्न भएको हो । ‘त्यस सडक खण्डको मर्मत तथा स्तरोन्नतिको लागि आवश्यक पूर्वतयारी स्वरुप परामर्श सर्वेक्षणको काम भएको हो’ एमसीए नेपालका सूचना अधिकारी राजीव दाहाले भने ।

मुख्यगरी विस्तार तथा स्तरोन्नतिको लागि छनौट भएको सडक क्षेत्रमा रहेका घर टहरा, रुख विरुवा र सडकको भौगोलिक अवस्थितिको बारेमा सर्वेक्षण गरिएको उनको भनाइ छ । एमसीए नेपालको टोलीले ७ देखि ९ साउन २०७९ सम्म सर्वेक्षण गरेको हो ।

छनौट गरिएको कुल लम्बाईमध्ये पहिलो चरणमा परिक्षणको रुपमा धानखोलादेखि लमही सम्मको ४० किलोमिटर सडक स्तरोन्नति र मर्मत गरिनेछ । त्यसपछि लमहीदेखि शिवखाेलासम्मकाे ३७ किमी खण्डमा स्तरोन्नतिको काम गरिनेछ । अत्याधुनिक पेभमेन्ट रिसाइकलिङ प्रविधिको प्रयोग गरी पहिलाको पिच खेर नजाने गरी सडक मर्मत गरिनेछ ।

यस आयोजनाको लागि एमसीएले जग्गा प्राप्ति गर्नुपर्ने छैन । जग्गा प्राप्ति सरकारले गरिसकेको छ । तर, सडक वरपरि स्तरोन्नति हुने ठाँउमा बनेका घर टहरा र रुख भने हटाउनुपर्नेछ ।

यसअघि एमसीए नेपालको व्यापारिक महत्वपूर्ण रणनीतिक सडक सञ्जालमध्ये ९९ किलोमिटर सडकको स्तरोन्नति गर्ने योजना सार्वजनिक गरेको थियो । त्यस योजनाअनुसार पूर्व पश्चिम राजमार्गको चन्द्रौता–भालुबाङ ३५ किलोमिटर, भालुबाङ–लमही खण्ड २७ किलोमिटर र लमही –शिव खोला ३७ किलोमिटर खण्डको मर्मत सम्भार कार्य भनिएको थियो । तर, पछि कार्यक्रम संसोधन गरेर आयोजनाको लम्बाई घटाइएको हो ।

यस आयोजनाअन्तर्गत ५ करोड २२ लाख डलर खर्च गर्ने योजना छ । एमसिए–नेपालले सडक विभागसँग परामर्श गरी एमसिसी अनुदान कार्यान्वयनका क्रममा काम गरिने सडकखण्डहरूको छनोट गरेको छ । सडक स्तरोन्नतिबाट ९ लाख २४ हजार जनता लाभान्वित हुने अपेक्षा छ ।

सडक मर्मत आयोजनाको मूख्य उद्देश्य व्यापारिक रुपमा महत्वपूर्ण सडकको आवधिक मर्मतसम्भारमा सहयोग गरी सडकको गुणस्तर कायम राख्नु रहेको छ । यो कामको लागि नयाँ प्रविधि प्रयोग गरिदैछ । यो आयोजना सम्पन्न भएपछि नेपालका सडक मर्मतसम्भारमा लाग्ने गरेको लागत र समयमा उल्लेखनीय बचत हुने अपेक्षा गरिएको छ ।

नेपालमै पहिलो पटक एफडीआर र सुपरपेभ प्रविधिका प्रयोग

सडक मर्मत तथा स्तरोन्नति गर्ने योजनाअनुसार नेपालमै पहिलो पटक फूल डेप्थ रिसाइक्लिंग (एफडीआर) र सुपरपेभ प्रविधिको प्रयोग गरिदैछ । यो प्रविधिमार्फत कालोपत्रे गरिएको अहिलेको सडकलाई करिब ३० सेण्टिमिटर तलसम्म खनेर बाहिर निकालिन्छ । त्यसरी निकालिएको पदार्थलाई एकआपसमा मिसाइन्छ र तताएर पुनः सडक निर्माणकै लागि प्रयोगको लागि तयार गरिन्छ ।

त्यसरी तयार भएको पदार्थलाई सिमेन्ट वा अन्य आवश्यक पदार्थमा घोलेर सडकको जग निर्माण गर्नको लागि तयार गरिन्छ । यसरी प्रविधिमार्फत तयार गरिएको पदार्थबाट उच्च गुणस्तरको जग तयार गर्न गरिन्छ ।

त्यसरी तयार गरिएको जग (बलियो) भएपनि ‘सुपरपेभ’ गरी माथिल्लो सतहमा कालोपत्रे गरिन्छ । सुपरपेभमार्फत कालोपत्रे गर्दा भत्कने वा टुक्रने हुदैन । त्यस्तै, सडकको तापक्रम घट्दा चर्कने हुदैन । साथै खुम्चिने समस्या समस्या पनि आउदैन ।

सडक विभाग र सडक बोर्ड नेपाललाई सहयोग पुग्ने

यस आयोजनाले सडक विभाग र सडक बोर्ड नेपाललाई स्तरीय तथ्यांक संकलन, सडक मर्मत योजना तथा लागत अनुमानको तयारी गर्न सहयोग गरिरहेका छन् ।

त्यस्तै आवधिक मर्मतसम्भारका लागि सुधारिएको प्राथमिकीकरण, करार व्यवस्थापनमा सुधारका साथै सडक सुरक्षा व्यवस्था र समग्र आयोजना व्यवस्थापनको एकीकरणका लागि प्राविधिक सहयोग तथा क्षमता अभिवृद्धि अवसर पनि उपलब्ध गराउनेछ ।

त्यस्तै, यस आयोजनाबाट प्रविधि हस्तान्तरण भइ भविष्यमा अन्य आयोजनाकालाई पनि स्तरोन्नति गर्न सहयोग पुग्नेछ ।

यस आयोजनाले पूर्व–पश्चिम राजमार्ग जस्तो रणनीतिक रुपमा महत्वपूर्ण सडक मर्मत गरी यातायातलाई सहज बनाउनुका साथै देशकै आर्थिक वृद्धिमार्फत दीगो विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

फाेटाः एमसीए नेपाल ट्वीटर


Read Previous

प्रभु र सेञ्चुरी बैंकबीच मर्जर सम्झौता

Read Next

माथिल्लो मैलुङ खोला ८५ प्रतिशत पूरा,मंसिरमा परीक्षणको लक्ष्य

Leave a Reply

Your email address will not be published.