Nepal Purbadhar

बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024

बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024

बेनिघाटदेखि लार्केभञ्ज्यांङसम्मको १८ किलोमिटर सडक सेनाले गर्यो हस्तान्तरण


काठमाडौं । नेपाली सेनाले गोरखा जिल्लास्थित निर्माणाधीन बेनिघाट (आरुघाट–लार्केभञ्ज्यांङ) सडक आयोजना अन्तर्गत धार्चे गाउँपालिका वडा नं ७ हावाडाँडादेखि सोही गाउँपालिका वडा नं ३ स्थित दोभानसम्मको १८ किलोमिटर सडक सडक विभागलाई हस्तान्तरण गरेको छ ।

यस सडक खण्डको ट्रयाक निर्माण कार्य सम्पन्न गरी सोमबार सडक विभाग अन्तर्गत ११ किलो छेपेटार–भालुस्वाँरा–वारपाक सडक योजना, गोरखाका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर पशुपति ज्ञवालीलाई हस्तान्तरण गरेको हो । नेपाली सेनाका बेनिघाट–आरुघाट–लार्केभञ्ज्यांङ सडक निर्माण कार्यदलका प्रमुख प्राविधिक सेनानी विनोद भट्टले हस्तान्तरण गरे ।

मंसिर २६, २०७३ मा मन्त्रिपरिषद्को निर्णयबाट भौगोलिक विकटता, मौसमी प्रतिकुलता, कडा चट्टानयुक्त भू–बनोट आदिका कारण उक्त सडक खण्डको ट्रयाक खोल्ने कार्यको जिम्मेवारी सेनालाई दिइएको थियो । जिम्मेवारी दिएअनुसार नै ११ बैशाख २०७४ देखि सेनाले ट्रयाक खोल्ने कार्य शुरु गरेको थियो ।

सडक खण्डको निर्माण पश्चात गोरखा जिल्लाको विकट उत्तरी हिमाली क्षेत्रमा पर्ने धार्चे गाउँपालिका तथा चुनमुब्री गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालमा जोड्नेछ ।

यसको साथै सो सडकले जिल्लाको उत्तरी क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्नेछ ।


Read Previous

त्रिशूली-३ ‘बी’-कालीकास्थान प्रसारण लाइन निर्माण हुने

Read Next

चालू वर्षमा ७१८ मेगावाट विद्युत प्रणालीमा थपियाे,२५ आयोजनाले उत्पादन सुरु गरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *