Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

त्रिशूली-३ ‘बी’-कालीकास्थान प्रसारण लाइन निर्माण हुने


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ३३ केभी त्रिशूली–३ ‘बी’–कालिकास्थान प्रसारण लाइन निर्माण गर्ने भएको छ । प्राधिकरणले नुवाकोटको त्रिशूली–३ ‘बी’ हब सबस्टेसनदेखि रसुवाको कालिकास्थानसम्म ५ किलोमिटर सिंगल सर्किट प्रसारण लाइन निर्माण गर्न लागेको हो ।

विद्युत विकास विभागले प्रस्तावित प्रसारण लाइन निर्माण गर्न विद्युत प्राधिकरणलाई अनुमति दिने तयारी गरेको छ । विभागले प्रसारण लाइन निर्माणको अनुमतिपत्र दिनुअघि यो लाइन निर्माण तथा सञ्चालन गर्दा प्रतिकुल असर पर्न सक्ने भएमा त्यस सम्बन्धमा राय/सुझाव बुझाउन सम्बन्धित सरोकारवाला समक्ष आग्रह गरेको छ ।

विभागले अबको ३५ दिनभित्र प्राप्त भइसक्ने गरी प्रसारण लाइनले पार्न सक्ने प्रतिकुल प्रभावबारे राय/सुझाव पेश गर्न भनेको छ । सरोकारवालाहरूको राय/तथा सुझावका आधारमा प्राधिकरणलाई प्रसारण लाइन निर्माणको अनुमति दिइने विभागले जनाएको छ ।

यो प्रसारण लाइन निर्माण हुँदा ८ मेगावाटसम्म विद्युत प्रवाह गर्न सकिनेछ । प्रसारण लाइनको रुट त्रिशूली-३ ‘बी’ हब सबस्टेसनदेखि कुवापानी, धैबुङ्ग, स्वारा हुँदै रसुवाको कालिका गाउँपालिकामा प्रस्तावित कालीकास्थान सबस्टेसनसम्म रहने विभागले जारी गरेको ३५ दिने सूचनामा जनाइएको छ ।
प्रसारण लाइनको रुटमा ३३ केभी का १२० वटा टावर निर्माण गरिनेछ ।

यो प्रसारण लाइन निर्माण हुँदा रसुवामा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत त्रिशूली-३ ‘बी’ हब सबस्टेसनसम्म ल्याउन सकिनेछ । प्राधिकरणले अनुमतिपत्र प्राप्त भएपछि प्रसारण लाइन आयोजनाको संरचना निर्माणको काम सुरु गर्नेछ ।


Read Previous

संयुक्त पश्चिम सेती आयोजना अघि बढाउन वार्ता सुरु

Read Next

बेनिघाटदेखि लार्केभञ्ज्यांङसम्मको १८ किलोमिटर सडक सेनाले गर्यो हस्तान्तरण

Leave a Reply

Your email address will not be published.