Nepal Purbadhar

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

‘हुवावे डिजिटल नेपाल कन्क्लेभ २०२२’ हुँदै, उपराष्ट्रपतिले उद्घाटन गर्ने


काठमाडौं । राजधानीमा आगामी असार ४ र ५ गते ‘हुवावे डिजिटल नेपाल कन्क्लेभ २०२२’ हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालले शनिबार र आइतबार गरी २ दिने डिजिटल कन्क्लेभको आयोजना गर्न लागेको हो ।

सोल्टी होटेलमा हुन लागेको ‘डिजिटल रुपान्तरणका लागि डिजिटल नेपाल कन्क्लेभ’ नारा दिइएको डिजिटल कन्क्लेभको सम्पूर्ण तयारी पूरा भएको फाउन्डेसनका अध्यक्ष राजन लम्सालले बताए । उनका अनुसार शनिबार बिहान १० बजेटबाट सुरु हुने कार्यक्रमको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम छ ।

कन्क्लेभमा डिजिटल नेपालको अवधारणा, एजेन्डा तथा डिजिटल रुपान्तरणका विषयमा वृहत छलफल एवं परामर्श हुने लम्सालले जानकारी दिए । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, मुख्य सचिव शंकरदास बैरागी, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, हुवावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम झाङ, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको सहभागिता रहने आयोजकले जनाएको छ ।

दि ओपन ग्रुप इन्डियाका जनरल म्यानेजर डा.पल्लव साह, हुवावे सिंगापुरका प्रमुख कार्यकारी अधिकृत प्याट्रिक लो र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्याल मुख्य वक्ताको रूपमा सहभागी हुँदैछन् । कन्क्लेभमा ६० जना भन्दा बढी तथा अन्तर्राष्ट्रिय वक्ताहरू रहने लम्सालले बताए ।
कन्क्लेभमा सरकारी तथा निजी क्षेत्रबाट गरी ८ सय जना बढी विज्ञ, सरोकारवाला तथा विशिष्ठ व्यक्तिको सहभागिता रहनेछ ।

सहभागी हुनेहरूले https://digitalconclave.org/register-now/ मा गई फारम भरेर अनिवार्यरूपमा नाम दर्ता गर्नुपर्ने आयोजकले जनाएको छ । हुवावे कन्क्लेभको मुख्य प्रायोजक रहेको छ । सह–प्रायोजकमा इन्फोडेभलपर्स तथा कनेक्टेड पार्टनरमा एनसेल रहेको छ ।

यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल राष्ट्र बैंक, नास्ट, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल बैंक, नेपाल क्लियरिङ हाउस, प्रेसिडेन्सियल विजनेस स्कलु, युके एड, द एसिया फाउन्डेसन, नेपाल टेलिकम, प्रभु पे, एनआइसी एसिया बैंक लगायतको सहयोग रहेको छ ।


Read Previous

उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन पाउँदा डेढ खर्बको सिमन्ट/क्लिङ्कर निर्यात गर्न सकिन्छ:संघ

Read Next

व्यवसायी पाण्डेलाई मातृशोक

Leave a Reply

Your email address will not be published.