Nepal Purbadhar

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024
बागलुङको विकट गाउँ रमुवामा पुग्यो केन्द्रीय प्रसारण लाइनकाे विद्युत केयुले साधारणीकरण सञ्चार-ढाँचाको २ दशक विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने नारायणगढ-बुटवल सडक कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान पहुँचमार्ग जीर्ण हुँदा राहुघाट र सहायक नदीमा निर्माणाधीन जलविद्युत आयोजनालाई समस्या    सामाजिक उत्तरदायित्व अन्तर्गतकाे रकम भुक्तानी नहुँदा मध्यभोटेकोशीको काम प्रभावित विद्युत नियमन आयोग स्थापनाको ५ वर्ष, १ हजार बढी निवेदन उपर कारबाही ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता हरिचोक-याम्दी सडक समयमा नबन्दा हिलो र धुलोले यात्रुलाई सास्ती   

उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन पाउँदा डेढ खर्बको सिमन्ट/क्लिङ्कर निर्यात गर्न सकिन्छ:संघ


काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघले उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेमा वार्षिक डेढ खर्ब (१ खर्ब ५० अर्ब) रुपैयाँ बराबरको सिमेन्ट/क्लिङकर निर्यात गर्न सकिने बताएको छ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष (२०७९/८०) को बजेटमा आएको सिमेन्ट/क्लिङ्कर उत्पादन गर्ने उद्योगहरूको संरक्षण तथा सम्बर्द्धन गर्ने घोषणा कार्यान्वयन भई  पूर्ण क्षमतामा सञ्चालन भएमा व्यापार घाटा न्युनिकरण गर्न सकिने जनाएको हो ।

संघले विज्ञप्ती जारी गरी बजेटमा स्वदेशमा स्थापित सिमेन्ट/ क्लिङ्कर उत्पादन गर्ने उद्योगहरूको संरक्षण तथा सम्बर्द्धन गरी देशको व्यापार घाटा कम गर्न निकासीमा प्रोत्साहन गर्ने घोषणाको स्वागत गरेको छ । ‘बजेटमा निर्यात गर्ने वस्तुको प्राथमिकतामा सिमेन्ट/क्लिङकरलाई राखिनु उत्पादनमुलक उद्योगको हितमा छ,’ विज्ञप्तीमा भनिएको छ,‘यसको निर्यातमा ८ प्रतिशत नगद प्रोत्साहन दिने व्यवस्थाले उद्याेगी व्यवसायीलाई उत्साहित बनाएको छ ।’

संघले उद्योगहरूले उपयोग गर्ने विद्युत महसुल दरमा छुट दिने घोषणा प्रति पनि कृतज्ञता व्यक्त गरेको छ । देशको औद्योगिक क्षेत्रको विकास गर्न एंव निर्यात प्रर्वद्धन गरी आयात प्रतिस्थापन गर्न योगदान पुर्याउन वार्षिक १० करोड भन्दा बढी महसुल उठ्ने गरी विद्युत खपत गर्ने उद्योगहरूलाई विद्युत महसुलमा १५ प्रतिशतसम्म छुट दिने व्यवस्थाले उत्साहित बनाएको विज्ञप्तीमा भनिएको छ ।

बजेटमा भएको व्यवस्थाबाट देशको औद्योगीकरणमा योगदान पुग्नुका साथै स्वदेशमा उत्पादित विद्युतको खपत स्वदेशमा नै हुने वातावरण सिर्जना हुने विश्वास संघले लिएको छ । सरकारी घोषणाले देशमा रहेको कच्चा पदार्थ चुनढुङ्गाको उपयोगमा उल्लेखनीय वृद्धि हुुने संघको भनाइ छ । चुनढुङ्गाको उपयोगमा वृद्धि हुँदा उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन भई निकासी गर्ने क्षमता पनि बढ्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

निकासी क्षमतामा वृद्धि हुँदा देशमा विदेशी मुद्रा सञ्चितीको अवस्थामा पनि सुधार हुने संघको दाबी छ । संघले बजेटमा गरिएको घोषणा कार्यान्वयनमा ल्याउन समेत माग गरेको छ । साथै, बजेटका घोषणा कार्यानवयनमा उद्योगीको तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता संघले जनाएको छ ।


Read Previous

ग्लोबल आइएमइ र बैंक अफ काठमाण्डू बैंकबीच मर्जरको समझदारी, सबैभन्दा ठूलो बैंक बन्ने

Read Next

‘हुवावे डिजिटल नेपाल कन्क्लेभ २०२२’ हुँदै, उपराष्ट्रपतिले उद्घाटन गर्ने

Leave a Reply

Your email address will not be published.