Nepal Purbadhar

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

बञ्चरेडाडाँ क्षेत्रका ५ सडकलाई साढे ४२ करोड विनियोजनको प्रतिवद्धता, मंगलबारदेखि काठमाडौको फोहोर उठाउने सहमति


काठमाडौं । मंगलबार (२४ जेठ) देखि काठमाडौंको फोहोर बञ्चरेडाडाँस्थित ल्याण्डफिल साइट लैजान विषयमा त्रिपक्षिय सहमति भएको छ । सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र स्थानीय तहबीच सहमति भएपछि १६ जेठदेखि काठमाडौमा थुप्रिएको फोहोर उठाइने भएको हो ।

सहरी विकास मन्त्री रामकुमारी झाक्री, महानगरका मेयर बालेन्द्र शाहलगा र स्थानीय तहका जनप्रतिनिधीको उपस्थितिमा भएको छलफलले सहमति गरेको हो । सहमति अनुसार महानगरपालिकाले साउन १ देखि उपत्यकामा उत्पादन हुने फोहरलाई श्रोतमै वर्गीकरण गरी ल्याण्डफिल साइट लैजाने व्यवस्था गर्ने प्रतिवद्धता गरेको छ । फोहोरलाई अहिलेको अवस्थामा बढीमा असार समान्तसम्म उठाई लैजाने र माटोने फोहर छोप्ने व्यवस्था गरिने भएको छ ।

त्यस्तै, शहरी विकास मन्त्रालयले बञ्चरेडाँडाको ल्याण्डफिल साइट प्रभावित क्षेत्रमा सडक निर्माण गर्न आगामी आर्थिक वर्षको लागि ४२ करोड ५० लाख लागि विनियोजन गर्ने भएको छ ।यो रकमले त्यस क्षेत्रका विभिन्न ५ वटा सडकको निर्माण हुनेछ । त्यस्तै, सामुदायिक भवन, मन्दिर निर्माण र वृक्षारोपण कार्यक्रमको लागि १ करोड ७० लाख विनियोजन गर्ने प्रतिवद्धता गरेको छ ।

जग्गा अधिग्रहणको सम्बन्धमा वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन प्राप्त भएपछि सो प्रतिवेदनको आधारमा अधिग्रहण गर्नुपर्ने जग्गा एकिन गरी प्रक्रिया अघि बढाउने भएको छ । वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदनको सिफारिसको आधारमा प्रभावित क्षेत्रका स्थानीय वासिन्दाको लागि १० बेडको अस्पताल सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने प्रतिवद्धता गरेको छ ।

काठमाडौं महानगरपालिकाको तर्फ धुनिवेसी नगरपालिका १, ३ र ४ ककनीको १, २ र ३ वडाका प्रभावित स्थायी बासिन्दालाई स्वास्थ्य विमा गर्ने प्रतिवद्धता गरेको छ । नेपाल स्वास्थ्य विमा बोर्डबाट विधि र प्रकृया पुरा गरी दोहोरो नपर्ने गरी स्वास्थ्य बिमा गर्ने प्रतिवद्धता गरेको हो । यो काम एक हप्ताभित्र थालनी गरिनेछ ।

त्यस्तै, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको प्रतिवेदनलाई आधार मानी १० दिन भित्र रासायनिक वा जैविक उपचार गरी दुर्गन्ध हटाउने कार्यको प्रारम्भ गर्ने प्रतिवद्धता गरेको छ ।

सहमति पत्रमा सहरी विकास मन्त्रालयको तर्फबाट बञ्चरेडाडाँ फोहोर व्यवस्थापन आयोजना निर्देशक रविन्द्र बोहरा, काठकाडौ महानगरको तर्फबाट प्रमुख प्रशासकिय अधिकृत लोकनाथ पौड्याल र धुनीबेसी नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कँडेलले हस्ताक्षर गरेका छन् ।

बैठकमा उपमेयर सुनिता डंगोल, सहरी विकास सचिव डा. रमेशप्रसाद सिंह, धुनीबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य, ककनी गाउँपालिकाका अध्यक्ष, सुमन तामाङ, उपाध्यक्ष मिठूमाया तामाङ, प्रहरी वरिष्ठ उपरिक्षक सुदिप गिरि र ककनी गाउँपालिका वडा ३ का अध्यक्ष घननात बजगाईको उपस्थिति थियो ।


Read Previous

कम्पनीमार्फत स्वदेशी लगानीमा बूढीगण्डकी बनाउँदै सरकार

Read Next

व्यवसायिक प्रयोजनले निर्माण गरिएका ३ सय ४४ ठूला बायोग्यास प्लान्ट सञ्चालनमा

Leave a Reply

Your email address will not be published.