Nepal Purbadhar

स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेज ६ सदस्यीय टोलीसहित नेपालमा


काठमाडौं । स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे-आन्द्रे पेज ६ सदस्यीय प्रतिनिधिमण्डलसहित नेपाल आइपुगेका छन्।

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालको निमन्त्रणामा उनी सोमबार बिहान १०:१५ बजे कतार एयरवेजको उडानमार्फत काठमाडौं आइपुगेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई संसदीय मैत्री समूहकी संयोजक खुश्बु ओलीले स्वागत गरेकी थिइन्।

नेपाल भ्रमणका क्रममा अध्यक्ष पेजले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रतिनिधिसभाका सभामुख डीपी अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको सभामुख सचिवालयले जनाएको छ।


Read Previous

४१५ रुपैयाँको सामान किनेका धनुषाका गौरीशंकरले जिते १० लाख, १५ जनालाई एक/एक लाख

Read Next

५८ ग्यास उद्योगलाई गाभ्ने निगमको तयारी, कार्ययोजना बनाउन उद्योगीलाई पत्राचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar