Nepal Purbadhar

रेल चालकका लागि अवसर: नेपाल रेलवे बोर्डले माग्यो लोको पाइलटको आवेदन


काठमाडौं। नेपाल रेलवे बोर्डले रेल सेवा सञ्चालनका लागि आवश्यक रेल चालक (लोको पाइलट) सूचीकृत गर्ने प्रक्रिया अघि बढाएको छ। बोर्डले दक्ष तथा अनुभवी नेपाली नागरिकलाई लक्षित गर्दै आवेदन आह्वान गरेको हो।

बोर्डले सार्वजनिक गरेको सूचनाअनुसार रेल चालकका रूपमा काम गर्न इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

आवेदन दिनका लागि नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, मान्यता प्राप्त संस्थाबाट जारी रेल चालकको लाइसेन्स तथा कार्यअनुभव र तालिमसम्बन्धी प्रमाणपत्र अनिवार्य गरिएको छ।

बोर्डले आवेदन बुझाउने अन्तिम मिति २०८३ पुस २१ गते तोकेको छ। इच्छुक उम्मेदवारले आवश्यक कागजातसहित विशालनगरस्थित नेपाल रेलवे बोर्डको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ।

यससम्बन्धी थप जानकारीका लागि बोर्डको ०१-४५१७९२४, ०१-४५१७९१९ र ०१-४५१७९१५ नम्बरमा सम्पर्क गर्न सकिनेछ।


Read Previous

मोरङको केरौनमा १३२ केभी सबस्टेसन सञ्चालन

Read Next

बूढीगण्डकीको बाढीले ठूलो क्षति पुर्‍याएको उत्तरी गोरखामा बस्ती र पूर्वाधार पुनर्निर्माणमा चुनौती

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar