Nepal Purbadhar

प्रधानमन्त्री बालेन शाहले पक्राउ परेका सबै पत्रकारलाइ रिहा गर्न दिए निर्देशन


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले समाचारको बहानामा पक्राउ गरिएका पत्रकारहरुलाई तत्काल रिहा गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले उक्त जानकारी फेसबुकमार्फत दिएकी हुन् ।

सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस लेख्दै दाहालले पत्रकार पक्राउको घटनामा प्रधानमन्त्री र उनको सचिवालय तथा कार्यालयको संलग्नता नरहेको र पूर्वजानकारी समेत नरहेको दाबी गरेकी छन् ।

उक्त घटनाबारे थाहा पाउनासाथ प्रधानमन्त्रीले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएको उनको भनाइ छ ।


Read Previous

रास्वपाद्वारा पत्रकार पक्राउप्रति ध्यानाकर्षण, सरकारसँग जवाफ माग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar