Nepal Purbadhar

डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण उद्घाटन

तस्बिर : नेपाल फोटो लाइब्रेरी


काठमाडौं। प्रतिनिधिसभाका सभामुख डीपी अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतको उपस्थितिमा डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण उद्घाटन सम्पन्न भएको छ।

कार्यक्रममा डिजिटल संसद्को माध्यमबाट संसदीय कामकारबाहीलाई प्रविधिमैत्री, पारदर्शी, प्रभावकारी र नागरिकमैत्री बनाउने विषयमा जोड दिइएको थियो।

संसदीय गतिविधिलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने क्रममा डिजिटल पूर्वाधार, डेटा सेन्टर, नेटवर्क तथा साइबर सुरक्षालाई सुदृढ बनाउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताइएको छ।

त्यस्तै, ई-लेजिस्लेसन प्रणालीको विकास तथा संसदीय दस्तावेज र अभिलेखलाई सुरक्षित रूपमा डिजिटल आर्काइभमा राख्ने विषयमा पनि कार्यक्रममा जोड दिइएको थियो।

डिजिटल पार्लियामेन्टलाई प्रविधि खरिदमा मात्र सीमित नराखी नेपालको संसदीय अभ्यासलाई डिजिटल युगअनुकूल रूपान्तरण गर्ने दीर्घकालीन अभियानका रूपमा अघि बढाउनुपर्ने धारणा कार्यक्रममा व्यक्त गरिएको थियो।

तस्बिर : नेपाल फोटो लाइब्रेरी


Read Previous

जलविद्युत आयोजना रोक्ने होइन, भोटेकोशीबाट पाठ सिकेर निर्माणको शैली बदल्ने हो

Read Next

चार महिनापछि सार्वजनिक सवारीको दर्ता खुला, उपत्यका बाहिर ईभीलाई प्राथमिकता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar