
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजी बजारको विकास र सुधारका लागि आवश्यक कानुनी व्यवस्था पहिचान गरी सुझाव पेस गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
सोमबार अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डका उच्च अधिकारीसँग भएको छलफलमा अर्थमन्त्री वाग्लेले पूँजी बजारलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक सुधारका उपाय अघि बढाउन निर्देशन दिएका हुन्।
छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा पौडेल सहभागी थिए।
