Nepal Purbadhar

अप्रिलियाको एसआर १७५ स्कुटर नेपालमा सार्वजनिक, मूल्य ४ लाख ५६ हजार ५०० रुपैयाँ


काठमाडौं। अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्पले नाडा अटो शो २०२६ मार्फत यसको बिक्री सुरू गरेको हो।

कम्पनीले एसआर १७५ को मूल्य ४ लाख ५६ हजार ५०० रुपैयाँ तोकेको छ। नाडा अटो शो अवधिमा स्कुटर खरिद गर्ने ग्राहकलाई २८ हजार रुपैयाँ बराबरको छुट दिने कम्पनीले जनाएको छ।

एसआर १७५ लाई अप्रिलिया इन्डियाले एसआर १६० को प्रतिस्थापनका रूपमा भारतीय बजारमा ल्याएको थियो। नेपालमा पनि सोही मोडल उपलब्ध गराइएको हो।

स्कुटरमा १७४.७ सीसीको सिंगल सिलिन्डर, बीएस ६ इन्जिन प्रयोग गरिएको छ। उक्त इन्जिनले ७ हजार २०० आरपीएममा १३.८ ब्रेकहर्स पावर र ६ हजार आरपीएममा १४.१४ एनएम अधिकतम टर्क उत्पादन गर्छ।

डिजाइनतर्फ एसआर १७५ मा अप्रिलियाको रेसिङ डीएनएलाई निरन्तरता दिइएको छ। नयाँ डेकल्स, एग्रेसिभ रेसिङ स्पोर्ट कलर लाइन तथा नयाँ कलर अप्सनले स्कुटरलाई स्पोर्टी लुक दिएको कम्पनीले जनाएको छ।

स्कुटरमा अप्रिलियाको टुनो ४५७ मोटरसाइकलमा प्रयोग गरिएको ५.५ इन्चको कलर टीएफटी डिस्प्ले दिइएको छ। त्यस्तै, सीभीटी ट्रान्समिसन, अप्रिलिया एपसहितको ब्लुटुथ कनेक्टिभिटी, फुल एलईडी लाइटिङ, १४ इन्च अलोय ह्वील र ट्युबलेस टायर उपलब्ध छन्।

सुरक्षातर्फ डिस्क ब्रेक र सिंगल च्यानल एबीएस दिइएको छ। सस्पेन्सनमा अगाडि टेलिस्कोपिक फोर्क र पछाडि मोनोसक सेटअप प्रयोग गरिएको छ।


Read Previous

नेपालमा एआईबीडीको २४औँ सम्मेलन सुरु, सञ्चार क्षेत्रमा प्रविधिको प्रभाव र सार्वजनिक सेवामाथि बहस

Read Next

अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डः उपराष्ट्रपति यादव

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar