Nepal Purbadhar

इप्पानको अध्यक्ष बने मोहन डाँगी, अधिकांश पदमा सर्वसम्मति, कोषाध्यक्षमा मात्रै मतदान



काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) मा नयाँ नेतृत्व चयन भएको छ। संस्थाको २४औँ साधारणसभा तथा आठौँ अधिवेशनबाट अधिकांश पदाधिकारी सर्वसम्मत रूपमा चयन भएका हुन् भने कोषाध्यक्ष पदका लागि मात्रै मतदान भएको छ।


नयाँ कार्यसमितिको अध्यक्षमा मोहन डाँगी चयन भएका छन्। वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन लामा निर्वाचित भएका छन्।

उपाध्यक्ष पदमा नरेन्द्र बल्लभ पन्त, हिम पाठक, उत्तरकुमार श्रेष्ठ, सुसन कर्माचार्य र विक्रम विष्ट चयन भएका छन्। महासचिवमा टीएन आचार्य तथा उपमहासचिवमा कविता पोखरेल कँडेल चयन भएका छन्।


कोषाध्यक्ष पदमा भने निर्वाचन भएको थियो। मतदानबाट शंकर बस्याल विजयी भएका छन्। उनका प्रतिस्पर्धी मिथुन चक्रवर्ती प्रसाद पौडेल पराजित भएका हुन्।


निर्वाचन प्रक्रियामा केही उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि धेरै पदमा सहमतिको आधारमा नेतृत्व टुंगिएको जनाइएको छ। नयाँ कार्यसमितिले आगामी तीन वर्ष संस्थाको नेतृत्व गर्नेछ।


Read Previous

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन लामा निर्वाचित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar