Nepal Purbadhar

मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले बन्द गराए


काठमाडौ । मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले बन्द गराएका छन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१, अम्बाथानस्थित सुरुङबाट बिहीबार (कात्तिक २०)देखि पानी पथान्तरण रोकिएको हो ।

यसअघिका आन्दोलनमा भएको सहमति कार्यान्वयन नगरिएको भन्दै मेलम्ची बाढी पीडित संघर्ष समिति, विभिन्न राजनीतिक दल, स्थानीयले माग पूरा नभएसम्म पानी पथान्तरण बन्द गराएको
पिडित एवम संघर्ष समितिको उपाध्यक्ष नवराज गुरागाइँले जानकारी दिनु दिए।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बिक्रि गरेवापतको मूल्यको २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनुपर्ने स्थानीयको माग रहेको छ ।


Read Previous

रिलायन्स स्पिनिंग मिल्सले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौताको पहिलो किस्ता, काटिएको विद्युत लाइन जोडियो

Read Next

त्रिवेणी सिन्थेटिकले तिर्यो बक्यौताको पहिलो किस्ता, काटिएको विद्युत लाइन जोडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar