Nepal Purbadhar

थायल्यान्डको जादू नेपालमै: ललितपुरमा पाइनेछ स्वाद र संस्कृति


काठमाडौं । काठमाडौं – “थायल्यान्डको जादू नेपालमै” भन्ने नारासहित थायल्यान्ड एण्ड टप थाइ ब्रान्ड्स २०२५ मेला शुक्रबारदेखि ललितपुरको द प्लाजा मा सुरु भएको छ।

राजदूतावास अफ थाइल्यान्ड, काठमाडौंले आयोजना गरेको यो मेलाले थाई संस्कृति, खानपान र उत्पादनलाई नेपाली दर्शकसँग जोड्ने उद्देश्य रहेको आयोजकले जनाएको छ ।

मेलामा थाई खाना, मसाज, थाइल्यान्ड र जापानी उत्पादन, कपडा, एयरलाइन्सका स्टलसहित विभिन्न आकर्षक प्रस्तुति राखिएका छन्।

थाई खाना, संस्कृति र सौन्दर्य सामग्री लगायत थाई एयरलाइन्स र पर्यटनसम्बन्धी जानकारी दिन सो फेस्टिवल आयोजना गरिएको आयोजकले जनाएको छ ।

मेलाले नेपाल–थाइल्यान्डबीचको सांस्कृतिक र व्यावसायिक सम्बन्धलाई अझै मजबुत बनाउन सहयोग प्रमुख उद्देश्य रहेको छ ।

सो फेस्टिवल ३ दिनसम्म सञ्चालन हुने छ ।


Read Previous

ओपनएआईमाथिको परनिर्भरता हटाउन माइक्रोसफ्टले सुरू गर्‍यो आफ्नै एआई

Read Next

सुनको मूल्यमा तीन हजार बृद्धि, चाँदी पनि हालसम्मकै उच्च

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar