
काठमाडौं । नेपालको सबैभन्दा ठूलो निजी क्षेत्रको उत्पादक सूर्य नेपाल प्रालिले एक वर्षमा २८ अर्ब ८१ करोड रुपैयाँको कारोबार गरेको छ ।
२०२४ मा यो कम्पनीले २८ अर्ब ८१ करोड ८० लाख रुपैयाँको कारोबार गरेको हो । २०२४ मा कम्पनीको व्यापार २०२३ को तुलनामा केही कम भएको छ । २०२३ मा भने यो कम्पनीले २८ अर्ब ९९ करोड रुपैयाँको कारोबार गरेको थियो ।
त्यसअघि २०२२ मा भने कम्पनीको व्यापार २७ अर्ब १ करोड ४० लाख रुपैयाँको भएको थियो ।
१९८६ मा खुलेको सुर्य नेपाल प्रालि मुख्य गरि चुरोटको उत्पादन तथा बिक्री गर्ने कम्पनी हो । यो कम्पनीमा भारतको आइटिसी लिमिटेडको ५९ प्रतिशत सेयर रहेको छ भने ३९ प्रतिशत केही नेपालीको साथमा र बाँकी २ प्रतिशत सेयर ब्रिटिस अमेरिकन टोब्याको इन्भेस्टमेन्ट लिमिटेडसँग रहेको छ ।
कम्पनीले चुरोटका साथै अगरबत्ती तथा प्याक गरिएका खाद्यान्नको पनि उत्पादन तथा बिक्री गर्छ । हाल यो कम्पनीको बोर्ड अध्यक्षमा सञ्जिव पुरी रहेका छन् ।
हालका लागि यो कम्पनीले ५ अर्ब ७५ करोड रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । जसमा सम्पुर्ण कर्जा अल्पकालिन कर्जा सुविधामा रहेको छ । केयर रेटिङ नेपालले यो कम्पनीलाई उक्त कर्जा सुविधाका लागि ए वान प्लस रेटिङ दिएको छ ।