Nepal Purbadhar

एलन मस्कको एक्सएआई विस्तारको होडमा, उठायो ५ अर्ब डलर ऋण र ५ अर्ब लगानी


काठमाडौं । एलन मस्कको कम्पनी एक्सएआईले ५ अर्ब डलरको ऋण तथा ५ अर्ब डलरको लगानी उठाएको छ । 

लगानीसम्बन्धी कम्पनी मोर्गन स्टेनलीकाअनुसार कृत्रिम बौद्धिकतासम्बन्धि मस्कको कम्पनी एक्सएआईले ५ अर्ब अमेरिकी डलर बराबरको ऋण र ५ अर्ब डलरको रणनीतिक लगानी संकलन गरेको हो । 

पछिल्लो समयमा बढ्दै गएको एआईको बजारलाई ध्यानमा राख्दै कम्पनीले तीव्र प्रतिस्पर्धी बजारमा आफ्नो पुर्वाधार विस्तार गर्न तथा डेटा सेन्टरहरुमा लगानी गर्नका लागि यो रकम उठाएको मोर्गन स्टेनलीले जनाएको छ ।

सामाजिक सञ्जाल एक्समा मोर्गन स्टेनलीले सार्वजनिक गरेको विवरणकाअनुसार एक्सएआईले यसअघि मोर्गन स्टेनलीको नेतृत्वमा ५ अर्ब डलरको ऋण संकलनको प्रक्रियालाई अघि बढाएको थियो । यद्यपी त्यत्तिबेला भने लगानीकर्ताहरुले यसप्रति खासै चासो दिएका थिएनन् । 

एक्सएआई थप २० अर्ब डलर बराबरको थप लगानी जुटाउने योजनामा छ । आफ्नो कम्पनीको सेयर बिक्री गरेर यो लगानी उठाउने तयारीमा रहेको कम्पनीले उक्त लगानी उठाउन सफल भएमा कम्पनीको मूल्यांकन १२० अर्ब डलरदेखि २०० अर्ब डलरसम्म पुग्ने अनुमान गरिएको छ । 


Read Previous

पिउने पानीको गुणस्तरमा निगरानी: २८ गाडीको अनुगमन, ४४ वटा प्रयोग गर्न नमिल्ने जार फेला

Read Next

थाइल्यान्डकी प्रधानमन्त्री शिनावात्रा निलम्बित