Nepal Purbadhar

विद्युतीय दुर्घटनामा प्राधिकरण कर्मचारीकाे मृत्यु


कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिका–६ रङपुरमा विद्युतीय दुर्घटनामा परी नेपाल विद्युत प्राधिकरणमा कार्यरत एक जना कर्मचारीकाे मृत्यु भएकाे छ । वितरण लाइनकाे ट्रान्सफर्मर बनाउने क्रममा ३२ वर्षीय हरिसचन्द्र मिश्रकाे करेन्ट लागेर एकजनाको मृत्यु भएको हाे ।

उनी विद्युत् प्राधिकरणकाे तौलिहवा वितरण केन्द्रमा कार्यरत ज्यालादारी कर्मचारी हुन् । उनी जिल्लाकाे यशोधरा–२ गणेशपुरका बासिन्दा हुन् । सोमबार हावाहुरीसँगै आएको पानीले गर्दा रङ्पुरमा रहेको ट्रान्सफर्मर बिग्रिँदा विद्युत् अवरुद्ध बनेको थियो ।

सोही ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर मिश्रको मृत्यु भएको विद्युत् प्राधिकरण तौलिहवा वितरण केन्द्रले जनाएको छ । विद्युत प्राधिकरणमा कार्यरत कर्मचारीले विद्युतीय सुरक्षाकाे पालना नगर्दा यस प्रकारका दुर्घटना हुने गरेकाे छ ।


Read Previous

इयु राजदूतद्वारा मुस्ताङमा नेपालको पहिलो एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

Read Next

ऊर्जा क्षेत्रका लागि ५० अर्ब ७४ करोड बजेट विनियोजन, विद्युत जडित क्षमता ४५ सय मेगावाट पुग्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar