Nepal Purbadhar

विद्युतीय दुर्घटनामा प्राधिकरण कर्मचारीकाे मृत्यु


कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिका–६ रङपुरमा विद्युतीय दुर्घटनामा परी नेपाल विद्युत प्राधिकरणमा कार्यरत एक जना कर्मचारीकाे मृत्यु भएकाे छ । वितरण लाइनकाे ट्रान्सफर्मर बनाउने क्रममा ३२ वर्षीय हरिसचन्द्र मिश्रकाे करेन्ट लागेर एकजनाको मृत्यु भएको हाे ।

उनी विद्युत् प्राधिकरणकाे तौलिहवा वितरण केन्द्रमा कार्यरत ज्यालादारी कर्मचारी हुन् । उनी जिल्लाकाे यशोधरा–२ गणेशपुरका बासिन्दा हुन् । सोमबार हावाहुरीसँगै आएको पानीले गर्दा रङ्पुरमा रहेको ट्रान्सफर्मर बिग्रिँदा विद्युत् अवरुद्ध बनेको थियो ।

सोही ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर मिश्रको मृत्यु भएको विद्युत् प्राधिकरण तौलिहवा वितरण केन्द्रले जनाएको छ ।  विद्युत प्राधिकरणमा कार्यरत कर्मचारीले विद्युतीय सुरक्षाकाे पालना नगर्दा यस प्रकारका दुर्घटना हुने गरेकाे छ ।


Read Previous

इयु राजदूतद्वारा मुस्ताङमा नेपालको पहिलो एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

Read Next

ऊर्जा क्षेत्रका लागि ५० अर्ब ७४ करोड बजेट विनियोजन, विद्युत जडित क्षमता ४५ सय मेगावाट पुग्ने