Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
३ पटक म्याद थप गर्दा पनि सेती नदीमा निर्माणाधीन पुलकाे प्रगति २५ प्रतिशत मात्रै    विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने  

हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर


काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो २०२४ मा कोमात्सु स्काभेर सार्वजनिक गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले स्काभेटर हाइड्रो एक्स्पोकाे तेस्राे दिन सार्वजनिक गरेका हुन् ।

जापानीज कम्पनी कोमात्सुको उक्त स्काभेटर भारतमा एसेम्बलिङ गरिएको हो । यसमा कोमात्सुको १४७ हर्सपावर क्षमताको आफ्नै इन्जिन रहेको छ । कोमात्सुका स्काभेटर ४ र ६ सिलिण्डर दुवैमा उपलब्ध छन् ।

यो स्काभेटरले अन्य स्काभेटरको तुलनमा कम इन्धन खपत गर्छ । यसको अघिल्लो संस्करण भन्दा यो संस्करणको मुल्य १० लाख रुपैयाँ कम रहेको नेपालका लागि कोमात्सु स्काभेटरको आधिकारीक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालीका प्रबन्धक प्रदीप बरालले जानकारी दिए ।

हाइड्रो एक्स्पोमा सार्वजनिक गरिएको स्काभेटर एक्स्पो अवधिमै ३ वटा बुकिङ भइसकेको पनि बरालले जानकारी दिए । यसमा कोमट्र्याक्स जडान गरिएको हुन्छ । यो प्रविधिलाई सजिलैसँग मोबाइलमा लिंकअप गरेर घरमै बसी बसी सबै गतिविधिको अनुगमन गर्न सकिन्छ ।

यो स्काभेटरको मेन्टिनेन्स खर्च समेत निकै कम रहेको कम्पनीले बताएको छ । यो स्काभेटर जनरल कन्स्ट्रक्सन र हाइड्रोपावर निर्माणमा निकै उपयोगी हुने प्रबन्धक बरालले बताए ।


Read Previous

सालझण्डी-ढोरपाटन सडक निर्माणले गति लिन सकेन

Read Next

ऊर्जा विकासमा भूराजनीतिक प्रभाव व्यवस्थापन र प्रसारण सञ्जाल विस्तारमा जोड

Leave a Reply

Your email address will not be published.