Nepal Purbadhar

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

म्याग्दीको विकट गुर्जा गाउँ जोड्ने सडककाे निर्माण सुरु 


म्याग्दी ।  भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने सडक निर्माण सुरु भएको छ । अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा गाउँ पुग्ने सडककाे निर्माण सुरु भएकाे हाे ।

म्याग्दीको ६ वटा स्थानीय तहका ४५ मध्ये सडक यातायातको सुविधा नपुगेको एक मात्र वडा हो । लुलाङदेखि गुर्जा जोड्ने सडक निर्माण आयोजना सुरु भएको धवलागिरि गाउँपालिका–१ का वडाअध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए ।

चालू आर्थिक वर्षमा सङ्घीय, गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाले २/२ करोड रुपैयाँ बजेट विनियोजन गरेको लुलाङ–गुर्जा सडक योजनाका लागि रारा तेन्जिन कन्स्ट्रक्सनले ३ करोड ८० लाखमा ठेक्का सम्झौता गरेको छ । तीनै तहको बजेट गाउँपालिकाले कार्यान्वयन गरेको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।

गत फागुन महिनामा सम्झौता भएको योजना आगामी २०८१ साल असार २० गते सम्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिकाका इञ्जिनियर लोकेन्द्र रावलले बताए ।

“दुईवटा डोजर परिचालन गरेको ठेकेदार कम्पनीले लुलाङतर्फबाट करिब नौ सय मिटर सडकको मार्ग खोल्ने काम सकिसकेको छ,” उनले भने, “२ लाख ५ हजार घनमिटर माटो कटिङ गर्ने सम्झौताअनुसार देउराली डाँडासम्म करिब ६ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य छ ।”

गाउँपालिकाको केन्द्र मुना हुँदै वडा नं २ लुलाङसम्म सडक पुगिसकेको छ । गत वर्ष गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा लमसुङदेखि लुलाङ हुँदै ४.४ किलोमिटर सडकको मार्ग निर्माण भएको थियो ।

देउरालीदेखि गुर्जातर्फ पनि सडक निर्माणका लागि आगामी वर्षको बजेटमा पनि योजना समेट्नका लागि प्रदेश र सङ्घीय सरकारसँग पहल गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले बताए ।

एउटै बस्ती एकै वडामा समेटिएको २ सय ६५ घरधुरी रहेको गुर्जाको जनसङ्ख्या १ हजार ५ सय ५  छ । खानी उत्खननका लागि आएका छन्त्याल र दलित समुदायले गुर्जामा बस्ती बसाएकाे इतिहास छ । सडकको पहुँच नहुँदा खच्चड, घोडा र भरियामार्फत खाद्यान्न तथा निर्माण सामग्री ढुवानी गर्दा खर्च महँगो लाग्ने गरेको छ । बिरामीलाई अस्पताल पु¥याउन हेलिकप्टर ’चार्टर‘ गर्नुपर्छ ।


Read Previous

हिमालयन हाइड्रो एक्स्पो २०२४ः ६० प्रतिशत बढी स्टल बुकिङ

Read Next

निर्माणको क्रममा ढलेको बाईटार–चिपटार पुलको टावर ठड्याइयो   

Leave a Reply

Your email address will not be published.