Nepal Purbadhar

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024
राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध    वर्षाले सडक हिलाम्य हुँदा मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती    कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण ढिलाइप्रति प्रदेश सरकारकाे चासाे ऊर्जा मन्त्रालयको भौतिक प्रगति सन्ताेषजनक, केही आयोजना अझै सुरु हुन सकेनन् पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिमा माटोकाे समस्या    बागलुङपानी-भुजुङ सडक स्तरोन्नती हुँदै   

ढुवानी व्यवसायको जग बसाउने प्रितम सिंह सम्मानित, सुरक्षित ढुवानीका लागि गण्डकी विश्वविद्यालयसंग सम्झौता


काठमाडौं । ढुवानी व्यवसायी महासंघ– नेपालको छैटौं महाधिवेशन तथा १५ औं वार्षिक साधारणसभामा नेपालमा ढुवानी व्यवसायको जग बसाउने सरदार प्रितम सिंहलाई ‘ट्रान्सपोर्ट किङ्ग’कोरुपमा सम्मान गरिएको छ । गत आइतबार माधवप्रसाद नेपालको नेतृत्वमा २४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै काठमाडौंमा सम्पन्न व्यवसायी महासंघ– नेपालको छैटौं महाधिवेशन तथा १५ औं वार्षिक साधारणसभामा सिंहलाई सम्मान गरिएको हो ।

नेपालको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै मुलुकको सडक पूर्वाधार शरूवाती विकासका संगै २०१४ सालमा त्रिभूवन राजपथ हुँदै काठमाडौंसम्म मालवाहक सवारी साधनको रूपमा पहिलो मालवाहक ट्रक प्रवेश गराउने कार्य सरदार सिंहले गरेका थिए । त्यसको लगत्तै उनले थप आवश्यकताको महसुस गरी २०१५ सालमा थप ३ वटा ट्रक नेपाल ल्याएका थिए ।

ढुवानीको महत्त्व प्रष्टीसकेको अवस्थामा २०१५ सालमा नेपालमा खाद्यान्न संकट हुँदा नेपाली नागरिकको जनजीवनलाई सहजीकरण गर्ने प्रमुख उद्देश्यले नेपाल पब्लिक मोटर्स सर्भिस ९ एनपीएमएस ० विधिवत् रूपमा दर्ता कायम गरी नेपालमा एकै पटक १५० वटा ट्रकहरू सरकारी पहलमा नेपाल ल्याउँदा सरदार सिंहले प्रमुख भुमिका खेलेका थिए ।

इतिहासको यही अध्यायले ढुवानीले व्यवसायको रुप लिदा अहिले राष्ट्र निर्माणमा नै गर्वलाग्दो भूमिका खेल्न सफल भएको भन्दै सरदार सिंहको योगदानको कदर गरिएको ढुवानी व्यवसायी महासंघले जनाएको छ । याे अवसरमा सरदार प्रितम सिंहलाई सम्मान गर्न पाउँदा सिङ्गो महासंघ परिवारले गौरवको अनुभूति गरेको महासंघका नव निर्वाचित उपाध्यक्ष अरुण श्रेष्ठले बताए ।

महाधिवेशन तथा वार्षिक साधारणसभाकै अवसरमा नेपालमा सुरक्षित ढुवानीको उपाय खोज्दै ढुवानी क्षेत्रका समस्या, सम्भावना र चुनौतीहरुको सुक्ष्म अध्ययन गर्ने उदेश्यका साथ गण्डकी विश्वविद्यालय र ढुवानी व्यवसायी महासंघ बीच सम्झौता समेत भएको छ । सम्झौता पत्रमा महासंघको तर्फबाट निवर्तमान अध्यक्ष विश्वनाथ खनाल र विश्व विद्यालयको तर्फबाट रजिष्टार डाक्टर कैलाश तिमिल्सिनाले हस्तान्तरण गर्नुभएको थियो ।


Read Previous

२ भूमिगत सिँचाइ आयोजना बनेपछि फलेवासका किसानलाई राहत   

Read Next

नारायणगढ-मुग्लिन सडक खण्डमा बनेका ३ नयाँ पुल यसै साता सञ्चालनमा आउँदै

Leave a Reply

Your email address will not be published.